• २०८१ बैशाख ८ शनिबार

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने

kharibot

कैलाली । प्रदेश नं ७ को आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली, प्रदेश सरकार कार्यसम्पादन नियमावली र केही सामाजिक निकट प्रमाणीकरण सम्बन्धित नियमावली २०७४ लाई स्विकृत गर्ने निर्णय गरेको छ । 

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । बैठकले भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता अपनाउने तथा सुशासनमा जोड तथा प्रवद्र्धन गर्ने निर्णय गरेको छ । 

मन्त्री शाहले सरकारले प्रदेश नं ७ का राष्ट्रिय गौरवका प्राथमिकतामा रहेका आयोजना भनेर अगाडि बढाएका माहाकाली लोकमार्ग, सेती लोकमार्ग र खुटिया फाष्टट्रयाक आयोजनालाई समयमै सम्पन्न गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने र त्यसको प्रदेश स्तरमाअनुगमनको संयन्त्र निर्माण गर्ने निर्णय गरेको जानकारी दिए । 

त्यस्तै, बैठकले पर्यटनको सम्भाव्यताको पहिचान गर्ने र त्यसको संरक्षण तथा प्रवद्र्धनमा जोड दिने निर्णय गरेको छ । बैठकले कृषिको उत्पादकत्व बढाउनका निम्ति माटोको परीक्षणको कार्यलाई संस्थागत गर्न केन्द्र सरकारसँग समन्वय गरेर स्थानीयतहसँग समन्वय गरेर अगाडि बढाउने निर्णय गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै