• २०८१ बैशाख १४ शुक्रबार

पूर्व विद्यार्थीद्वारा सात लाखको अक्षयकोष स्थापना

kharibot

फाइल तस्विर । 

पथरी । विराटनगरको सत्यनारायण माविका पूर्व विद्यार्थीले आज रु सात लाखको अक्षयकोष स्थापना गरेका छन् । 

विसं २०३४ मा प्रवेशिका परीक्षा पास गरेका विद्यार्थीले आ–आफै रकम संकलन गरेर उक्त अक्षयकोषको स्थापना गरेका हुन् । 

अक्षयकोषको रकमबाट आउने ब्याज रु ७५ हजार उक्त विद्यालयका कक्षा ८, ९ र १० का गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सो समूहका पूर्व विद्यार्थी विकास लोहनीले जानकारी दिए । 

कार्यक्रमका अतिथिहरु मूलचन्द्र राठी, महेश जाजु, उद्योगी तथा समाजसेवी देवकिशन मुन्दडा, समाजसेवी तोरेन्द्रमानसिंह प्रधान, गोपालप्रसाद शर्मा, चम्पालाल राठी, नन्दकीशोर राठी, डा सुनिल चन्द्र अधिकारी र मोरङका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले सो विद्यालयका १४ जना पूर्व शिक्षकलाई माला तथा खादा ओडाएर सम्मान गरेका थिए । 

सम्मानीत हुने पूर्व शिक्षकमा गोविन्दप्रसाद प्याकुरेल, इन्द्रकान्त ठाकुर, रामलक्ष्मण साह, वीरेन्द्रकुमार दास, मदनमोहन मिश्र, तेजप्रसाद उपाध्याय, सावित्री श्रेष्ठ राजभण्डारी, निलम श्रेष्ठ, दुर्गाप्रसाद दाहाललगायत रहेका थिए । सो अवसरमा पूर्व विद्यार्थी उद्योगी एवं राष्ट्रिय सभाका सदस्य मोती दुगडले विद्यालयलाई सहयोग गर्ने आश्वासन दिए । 

चालीस वर्षपछि भएको विद्यार्थी पुनःमिलन कार्यक्रमले निक्कै नै उत्साहित बनाएको सो समूहका पूर्व विद्यार्थी डा रमेश बस्नेतले बताए । 

कार्यक्रममा उक्त विद्यालयबाट २०३४ सालमा प्रवेशिका परीक्षा पास गर्ने ४० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै