• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश नं ६ मा मन्त्रिपरिषद् विस्तार, को को भए मन्त्री?

kharibot

फाइल तस्विर । 

सुर्खेत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्र बीच मन्त्रालयको भागबण्डा नमिल्दा रोकिएको मन्त्रिपरिषद् विस्तारलाई मुख्यमन्त्री शाहीले मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि आज सरकार विस्तार गरेका छन् । मन्त्रालय बाँडफाँड तथा मन्त्रीको छनोट गरिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रीको नियुक्त गरेका हुन् । 

मुख्यमन्त्री शाहीले नेकपा माओवादी केन्द्रका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जुम्लाका सांसद नरेश भण्डारी र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी सांसद विमला केसीलाई मन्त्री पदमा नियुक्त गरे । 

त्यस्तै नेकपा एमालेका तर्फबाट सल्यानका सांसद प्रकाश ज्वालालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुर्खेतका सांसद खड्ग खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, डोल्पाका सांसद नन्दसिंह बुढालाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र हुम्लाका सांसद दल रावललाई सामाजिक विकास मन्त्रालयको मन्त्रीमा नियुक्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै