• २०८१ बैशाख ८ शनिबार

जगदम्बा सिमेन्टको रक्तदान कार्यक्रम सम्पन्न

kharibot

काठमाडौँ । जगदम्बा सिमेन्टले आफुलाई सिमेन्ट उत्पादन तथा बिक्रि वितरणमा मात्र सीमित नराखी विभिन्न सामाजिक कार्य गर्दै आइरहेको यहाँहरुलाई सर्ब विदितै छ ।

जगदम्बा सिमेन्टले सामाजिक उत्तरदायित्व बहन गर्दै ‘जगदम्बा योगदान’ भन्ने कार्यक्रम अन्तर्गत स्वस्थ्य क्षेत्रमा आफ्नो नियमीत कार्यक्रम अनुरुप स्वावलम्बी परिवार समाजको अग्रसरतामा यहि फाल्गुन ४ गते आफ्नो मुख्य कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेकोे छ ।

उक्त कार्यक्रमको समुद्घाटन जगदम्बासिमेन्ट परिवारका निर्देशक दुर्गाप्रसाद न्यौपानेले र स्वाबलम्बी परिवार समाजका अध्यक्ष कुलपश्साद घिमीरेले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा ६० जनाभन्दा बढीलको सहभागीता रहेको थियो भने ४२ व्यत्तिहरुले रक्तदान गरेका थिए ।

‘तपाईंको रगत अरु कसैको लागी जीवन’ भन्ने नारा बोकेको उक्त कार्यक्रमहरु जस्ता अन्य कार्यक्रमहरु भावि दिनहरुमा पनि गर्दै जाने र रगतको अभावलाई न्युनिकरण गरी स्वास्थ्य समाज निर्माण गर्ने कुरामा कम्पनी प्रतिबद्घ रहेको जगदम्बा सिमेन्टका बरिष्ठ ब्राण्ड अधिकृत सरण अवालले जानकारी दिए  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै