• २०८१ बैशाख १३ बिहीबार

कैदीलाई स्थानान्तरण गरीदिने भन्दै घुसलिने जेलर विरुद्व अदालतमा मुद्दा दायर

kharibot

फाइल तस्विर । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कारागार कार्यालय सप्तरीका कार्यालय प्रमुख ९जेलर० कृष्णबहादुर दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार जेलमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिन भनी घुस मागेको अभियोगमा जेलर दाहाललाई केही दिन पहिले रु ४० हजार घुससहित पक्राउ गरिएको थियो । 

जेलर दाहाललाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ । 

यस्तै आयोगले आजै जिल्ला प्रहरी कार्यालय, म्याग्दीअन्तर्गत प्रहरी चौकी पाखापानीमा कार्यरत प्रहरी हवल्दार कुलबहादुर विसीलाई रु एक लाख ६० हजार घुससहित पक्राउ गरेको छ । 

प्रहरी जवान पदमा भर्ना गराइदिने भनी सेवाग्राहीसँग रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले विसीलाई पक्राउ गरेको प्रवक्ता पाण्डेयले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै