• २०८१ बैशाख ७ शुक्रबार

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको खैरेनीमा

kharibot

रुपन्देही । एनआईसी एशिया बैंकको नयाँ शाखा देवदह न. पा. ५, खैरेनी, रुपन्देही स्थित खैरेनी शाखाको एक समारोहका बिच देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीबाट विधिवत् समुद्घाटन भएको छ  ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । खैरेनी शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै