• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रिय टोलीको ब्याटिङ कोचमा भारतीय उमेश पटवाल नियुक्त

kharibot

काठमाडौं । विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीको ब्याटिङ कोचमा भारतीय उमेश पटवाल नियुक्त भएका छन् । उनी मंगलबार नेपाल आइपुग्नेछन् ।

डिभिजन २ खेलेर नेपाली टोली शनिबार मात्र नेपाल आएको थियो । यो प्रतियोगिताको फाइनलमा स्थान बनाएसँगै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।

मुम्बईका पटवाल सन् २०१४ मा टी-२० विश्वकपको समयमा अफगानिस्तानको ब्याटिङ कोच थिए । उनले अफगानिस्तानको लिग टिममा आवद्ध टिममा प्रशिक्षकको भूमिका पनि निभाएका थिए ।

नामिबियामा गत बिहीबार सम्पन्न विश्व क्रिकेट लिग डिभिजन डिभिजन २ मा नेपाली टोलीका ब्याटिङ परामर्शदाताको भूमिकामा भारतकै सुलक्षण कुलकर्णी रहेका थिए । डिभिजन २ को फाइनल पुग्दै नेपाल विश्वकप छनोटमा पुगेको थियो । कुलकर्णी शुक्रबार नामिबियाबाटै भारत फर्किएका छन् ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली विश्वकप छनोट खेल्न यो शनिबार जिम्बावे प्रस्थान गर्ने कार्यक्रम छ । टोलीका १४ सदस्य डिभिजन २ खेलेका खेलाडी नै हुनेछन् भने एक सदस्यको नाम केही दिनमै सार्वजनिक हुनेछ ।

विश्वकप छनोटमा नेपाल, अफगानिस्तान, स्कटल्याण्ड, जिम्बाबे र हङकङ रहेको समूह बीमा छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै