• २०८१ बैशाख ५ बुधबार

अप्राकृतिक सम्बन्ध ? जब सिंहिनीले हरिणको पाठोलाई माया गरिन् ! (फोटोफिचर)

kharibot

एकनासको स्वभावमा जब अस्वाभाविक कुरा भेटिन्छ, त्यसैलाई अपवाद भनिन्छ ।

कहिलेकाहीँ शाकाहारी जनावरले शिकार गरेर कुनै जीवको मासु खाएको देखियो भने त्यो अपवाद हुन्छ, अप्राकृतिक हुन्छ । केवल खाएको मात्रै कुरा होइन, कुनै बाघले कुनै हरिणलाई कहिलेकाहीँ खानुको सट्टा प्रेम गर्छ, आफ्नो सम्झिन्छ भने त्यसलाई के भन्ने ? अप्राकृतिक सम्बन्ध !

यस्तो सधैँ हुँदैन, तर कहिलेकाहीँ हुन्छ । यस्तै भएको घटना दर्शाउने तस्बिर खिचेका छन् फोटोग्राफर गोर्डन डोनोभानले । 

तस्बिरहरुमा स्पष्टैसँग देखिन्छ, भर्खर भर्खर जन्मिएको शिशु हरिणको हेरचाह उसको आमाले होइन, उसको प्राकृतिक शत्रु सिंहिनीले गरिरहेकी छिन् ।

संसारमा यस्तो विरलै देख्न पाइन्छ । उक्त पाठोलाई अन्य सिंहबाट जोगाइरहेका यी दृश्यहरु हुन् नामिबियाको एटोसा राष्ट्रिय निकुञ्जका । 

हेर्नुहोस् तस्बिरहरु ! 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै