• २०८१ बैशाख ११ मंगलबार

पद्मावत पछि दीपिका इरफानसँग ग्याङ्गस्टार फिल्ममा अभिनय गर्दै, फिल्मको सुटिंग नेपालमा हुनसक्ने 

kharibot

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म रानीको सुटिङका लागि नेपाल आउने भएकी छिन् । निर्माता निर्देशक विशाल भारद्वाजको फिल्म रानीमा उनी ‘लेडी डन’को भूमिकामा छिन् ।

सन् १९८० को दशककी मुम्बईकी माफिया क्वीन रहीमा खान उर्फ सपना दिदीको जीवन आधारित फिल्म निर्माण हुन लागेको हो । सो फिल्मको केही दृश्य नेपालमा समेत सुटिङ हुने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। 

फिल्ममा दीपिकाको पतिको भूमिकामा इरफान खान देखिँदैछन् । इरफान पनि ग्याङ्गस्टारकै भूमिकामा छन् । 

इन्डियन एक्सप्रेसका अनुसार सपना दिदी सन् ८० को दशककी कुख्यात डन थिइन् । यतिबेला दीपिकाले फिल्मको तयारी सुरु गरेको बताइएको छ । यो फिल्म यसै बर्ष प्रदर्शनमा आउने अपेक्षा गरिएको छ ।

दीपिका र इरफान यस अघि पिकु फिल्ममा सँगै देखिएका थिए । त्यस्तै विशाल भारद्वाज र इरफान खान भने यस अघि मकबुल, सात खुन माफ जस्ता फिल्ममा सँगै काम गरेका थिए । 

विशाल भारद्वाजले पछिल्लो पटक फिल्म रंगुन बनाएका थिए जुन भारतीय बक्स अफिसमा फ्लप भएको थियो । फिल्ममा सैफअलि खान, शहीद कापुर र कंगना रनावतले अभिनय गरेका थिए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै