• २०८१ बैशाख ८ शनिबार

बायोडाटा पेश गरेर अमिताभ बच्चनले मागे काम !

kharibot

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चन सामाजिक सञ्जालको बढी प्रयोग गर्ने सेलिब्रेटी मध्ये पर्दछन ।

पछिल्लो समय अमिताभले आफ्नो बायोडाटा ट्वीटरमा हालेर चर्चामा रहेका छन् । उनले कुनै जागिरको लागि आवेदन दिएजस्तो गरी बायोडाटा सार्वजनिक गरेपछि उनको यो ट्वीट अहिले चर्चाको विषय बनेको छ ।

खासमा अमिताभले यस ट्वीटसँग दीपिका, शाहिद र आमिर खानसँग सम्बन्धित समाचारको कटिंग पनि पोस्ट गरेका छन् । जुन समाचारमा दीपिकाको उचाइका कारण आमिर र शाहिद जस्ता अलिकति होचा अभिनेतासँग उनको तालमेल मिलाउन निर्देशकलाई गार्हो हुने उल्लेख गरिएको छ । फिल्म पद्मावतमा पनि शाहिद र दीपिकाको जोडीलाई सहि रुपमा देखाउन निर्देशक संजय लिला भन्सालीलाई निकै गार्हो भएको सो समाचारमा उल्लेख गरिएको छ । 

अमिताभलाई पनि के चाहियो उनले सोहि समाचारलाई निकालेर दीपिकासँग काम गर्न आफु तयार रहेको सन्देश सहित बायोडाटा नै सार्वजनिक गरे । उनले आफ्नो बायोडाटामा उचाइबारे कहिल्लै समस्या नआउने उल्लेख गरेका छन् ।

अमिताभ बच्चनले ह्युमरलाई निकै राम्रोसँग र सहि ढंगले सामाजिक सन्जालमा प्रयोग गर्ने हुनाले नै उनले गरेका ट्वीट समाचार बन्ने गर्दछन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै