• २०८१ बैशाख १२ बुधबार

अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ

kharibot

इनरुवा ।  सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट अमेरिकी पेस्तोलसहित दुईजनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने २१ वर्षीय रोहन बस्नेत रहेका छन् । 

इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले नौ एमएमको एक राउण्ड गोली र पेस्तोलसहित दुईजनालाई पक्राउ गर्न सफल भएको हो । 

इटहरी–९ स्थित बसपार्कमा युवाहरु झगडा गर्न लागेको सूचनाका आधारमा प्रहरीको टोलीले सो क्षेत्रमा निगरानी बढाएको थियो । 

प्रहरीले निगरानी बढाउने क्रममा लिम्बूको साथबाट अमेरिकी अटोमेटिक पेस्तोल बरामद गरिएको इलाका प्रहरी कार्यालय, इटहरीका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले जानकारी दिनुभयो । 

पक्राउ परेका लिम्बू यसअघि पनि ज्यान मार्ने अभियोगमा तीन वर्ष जेल सजाय पाएका व्यक्ति हुन् । पक्राउ परेका दुवैजनालाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको प्रनाउ राउतले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै