रुस्लान सिमरा गोल्डकप फुटबलको उपाधि आर्मीले जित्यो 

खरीबोट
ad

बारा । रुस्लान सिमरा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ । बाराको सिमरा रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार क्लवलाई २–० ले हराउँदै आर्मीले उपाधी जितेको हो ।

आर्मीका लागि दिनेश हेम्जन र नवयुग श्रेष्ठले गोल गरे  । उपाधिसँगै आर्मीले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार पनि जितेको छ । 

यो सँगै आर्मीले यो सिजन ५ वटा  घरेलु उपाधि पनि जितेको छ । आर्मीले यसअघि २०७१ सालमा सिमरा गोल्डकपको उपाधि जितेको थियो । थ्रिस्टारले भने अहिलेसम्म सिमरा गोल्डकपको उपाधि जितेको छैन । आर्मीले यसअघि २०७१ मा सिमरा गोल्ड कपको उपाधि जितेको थियो । 

सिमरा गोल्ड कपको हाल सम्मका उपाधि विजेता 

२०७४ त्रिभुवन आर्मी क्लब
२०७३ संकटा क्लब
२०७२ विजय युथ क्लब हेटौंडा
२०७१ त्रिभुवन आर्मी क्लब
२०७० नव जनजागृति युवा क्लब सिमरा
२०६९ मनाङ मस्र्याङदी क्लब
२०६८ मनाङ मस्र्याङदी क्लब
२०६७ हिमालयन शेर्पा क्लब
२०६६ मजदुर सहिद स्मृति क्लब
 

सम्बन्धित समाचार

रुस्लान सिमरा गोल्डकप फुटबलको उपाधि आर्मीले जित्यो 

बारा । रुस्लान सिमरा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ । बाराको सिमरा रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार क्लवलाई २–० ले हराउँदै आर्मीले उपाधी जितेको हो । आर्मीका लागि दिनेश

रुस्लान सिमरा गोल्डकपमा शनिवार आर्मी र थ्रिस्टारबीच उपाधिको लडाइँ

बारा । रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि ए डिभिजनका दुई क्लब त्रिभूवन आर्मी र थ्रिस्टारबीच शनिवार सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदै छ । एक पटकको विजेता त्रिभुवन आर्मी क्लबले

रुस्लान सिमरा गोल्डकप : त्रिभूवन आर्मी र थ्री–स्टार सिमरा गोल्डकपको उपाधीका लागि भिड्ने

बारा । त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाईनल प्रवेश गरेको छ ।  विहिवार भएको दोश्रो सेमी फाइनलमा वीरगञ्ज यूनाईटेड क्लबलाई ३–० गोल अन्तरले स्तव्ध पार्दै त्रिभूवन

सुदूरपश्चिमलाई टाइबे्रकरमा हराउँदै थ्रि–स्टार सिमरा गोल्डकपको सेमिफाइनलमा

बारा । टाईव्रेकरमा ४–२ को जित निकाल्दै थ्रिस्टार क्लब बाराको सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकप फुटबल प्रंतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढी विरुद्धको खेलको पहिलो