• २०८१ बैशाख ८ शनिबार

धादिङको विशालटारमा कारले बसलाई ठक्कर दियो 

kharibot

धादिङ । धादिङको विशालटारमा बा ४ च नम्बरको कारले कुरिनटारबाट काठमाडौँ आइरहेको बसलाई ठक्कर दिदा कार चालक घाइते भएका छन् ।

काठमाडौँबाट पोखरातर्फ जादै गरेको कारले बसलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । दुर्घटनामा अन्य कोहि घाइते नभएको प्रत्यक्षदर्शीले बताएका छन् । 

कारलाई केहीबेर देखि फलो गरिरहेको ट्याक्सीले कार चालकले मादकपदार्थ सेवन गरेको र धेरै बेरदेखि कार अनियन्त्रित हुदै आएको बताएका छन् । 

अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै