• २०८१ बैशाख १३ बिहीबार

दुई क्लसटरमा क्षयरोग प्रिभ्यालेन्स् सर्वे हुने

kharibot

बारा । क्षयरोगका विरामीको आकलन गर्न बाराको २ वटा क्लसटरमा रहेर क्षयरोग (टिवी) प्रिभ्यालेन्स सर्वे हुने भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यलय बाराले क्षयरोग (टिवी) प्रिभ्यालेन्स सर्वे सम्बन्धि एक दिने जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरी यस जिल्लामा २ वटा क्लसटरमा रहेर सर्वे हुने जानकारी दिएको हो । 

राष्ट्रिय क्षयरोग केन्द्रले विगत ७ वर्षदेखि नेपालमा क्षयरोग (टिवी) को सर्वे गर्ने भनी देखेको सपना हाल आएर साकार हुने अवस्थामा पुगेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयरोग संयोजक सुरेश साहले बताए । 

उनले यो सर्वे पश्चात विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ) को तथ्याङ्कसंग तुलनात्मक रुपमा सहकार्य गर्न सजिलो हुने जानकारी समेत दिए । देशै भरी ९९ वटा क्लसटरमा गरी ५७ हजार ६ सय १० जनामा यो सर्वे गरीने र यस जिल्लामा साविक गाविस खुटवा वडा नम्बर ६ र फेटाको वडा नम्बर २ मा रहेका १२ सय जनामा यो सर्वे गरीने साहले बताए । 

यस जिल्लामा रहेका ७० प्रतिशत क्षयरोगका बिरामी पता लागिसकेको दाबी जिल्ला जनस्वास्थ्य कार्यलय बाराका प्रमुख रोश्नलाल चौधरीले गरे । उनले ५ प्रतिशत क्षयरोगबाट पिडित विरामीहरु जनचेनताका कमिले क्षयरोगका उपचार पुरै समय सम्म नगर्ने, पहिलो पटक औषधी लिने र पछि सम्पर्कमा नआउने गरेकोले त्यस्ता विरामीहरुलाई विभिन्न प्रलोभन देखाएर भएपनि स्वास्थ्यको पहुचमा ल्याउन काम गरीरहेको बताए । 

ग्रामीण क्षेत्रका साथै युवापिडिमा क्षयरोगको लक्षण देखा परे स्वास्थ्य केन्द्रमा जानुपर्छ भन्ने जनचेतना नभएकै कारणले यस रोगका रोगीहरु स्वास्थ्य केन्द्रको पहुचमा पुग्न नसकेको नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा बाराका सभापति सुरेश कुमार मोदकले बताए । 

उनले स्थानिय तहमा जनप्रतिनिधी आईसके पछि जनताको घरघरमा जान झनै सजिलो भएकोले अब विभिन्न किसिमको चेतना मुलक कार्यक्रमहरु गरेर ती रोगीहरुलाई डट्स सम्म ल्याउन आवश्यक रहेको बताए ।

हाल विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ) ले नेपालमा प्रति वर्ष ४४ सयका दरले क्षयरोगको विरामी बढ्ने गरेको बताईरहेको छ । भने नेपालको सर्वेले प्रतिवर्ष ३२ सय क्षयरोगका विरामी हुने गरेको आकलन गरेको छ । यस जिल्लामा गरीने सर्वेका लागि जिल्ला जनस्वास्थ्य कार्यलय बाराका प्रमुख रोशनलाल चौधरीको अध्यक्षतामा क्षयरोग (टिवी) प्रिभ्यालेन्स सर्वे जिल्ला समान्वय समिती समेत गठन गरीएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै