• २०८१ बैशाख ८ शनिबार

फ्राइडे रिलिज : फरकधारका 'ग्याङ्गस्टर ब्लूज' र 'भूइँमान्छे' प्रदर्शनमा 

kharibot

काठमाडौँ । यो हप्ता दुई फरक स्वादका नेपाली फिल्मले प्रदर्शनमा आएका छन् । 'ग्याङ्गस्टर ब्लूज' र 'भूइँमान्छे' आज शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएका छन् । मल्टिप्लेक्स केन्द्रित दुवै फिल्मले प्रिमियरमा दुवै फिल्मले मिश्रित प्रतिक्रिया पाएका थिए । 

ग्याङ्गस्टर कथामा आधारित भएर निर्माण भएको फिल्म 'ग्याङ्गस्टर ब्लूज' र शव चिर्ने व्यक्तिको मनोविज्ञानमा आधारित फिल्म 'भूइँमान्छे' लाई दर्शकलाई आकर्षित गर्लानकी नगर्लान त्यो त केहि दिन पर्खनु पर्न पर्छ तर फरक धारका फिल्मले नेपाली सिनेमालाई ठुलो योगदान भने दिएका छन् । 

फिल्म ‘भूइँमान्छे’मा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिन प्रजापति, बादल भट्ट, सशांक बोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ । 
यस फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन । नवराज बुढाथोकीले फिल्म निर्देशन गरेका हुन् ।

त्यस्तै लगातार एकपछि अर्को सफल फिल्म पस्किरहेका निर्देशक हेमराज वीसीले निर्देशन गरेको नयाँ फिल्म 'ग्याङ्गस्टर ब्लूज'मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाही ठकुरी लगायतको अभिनय रहेको छ । 

मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै