• २०८१ बैशाख ७ शुक्रबार

लगन आगलागी अपडेट : जलेर एक जनाको मृत्यु एक जना घाइते 

kharibot

फाइल तस्बिर

काठमाडौं ।  काठमाडौंको लगनचोक नजिकै एक घरमा आगलागीमा परी एक जनाको निधन भएको छ ।

आगलागीमा परी ६५ वर्षीय जीवनकाजी श्रेष्ठको जलेर मृत्यु भएको छ भने अर्का एक जना जलेर घाइते भएका छन् ।

बिहान ४ बजेतिर लागेको आगो अहिले ४ वटा दमकलसहित स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ । आगलागीबाट दुइवटा घर जलेर ध्वस्त भएका छन् । 

अमृतलाल रञ्जितको चार-पाँच तलाको घरमा दुई वटा सिलिण्डर पड्किएर आगो लागेको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै