• २०८१ बैशाख १२ बुधबार

भारतीय पंजाव नेशनल बैंकमा भयो ११ हजार करोडको घोटाला, सात बर्षपछि खुल्यो रहस्य  

kharibot

हिरा व्यापारी नीरव मोदी

काठमाडौँ । भारतको ठुलो बैंक मध्येको एक बैंक पंजाव नेशनल बैंक (पिएनबि) मा करिब ११ हजार करोड रुपैयाँ घोटाला भएको रिपोर्ट बाहिरिएको छ । 
मुम्बईको एक ब्रान्चबाट सो घोटाला भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतीय बैंकिङ ठगिको इतिहासमा यसलाई ठुलो ठगिको रुपमा लिइएको छ । 

कसरी भयो घटना ?

अरबपति डायमण्ड व्यापारी नीरव मोदी र उनका साथीहरुले २०११ मा विना  तराशेको हिरा आयत गर्न लाइन अफ क्रेडिटका लागि पिएनबि बैंकको मुम्बई शाखामा सम्पर्क गरेका थिए ।

आमरुपमा बैंकहरुले विदेशबाट आयात हुने सामानको भुक्तानीका लागि लेटर अफ अन्डरटेकिंग जारी गर्ने गर्दछ । यसै अनुरुप बैंक व्यापारी नीरव मोदीका विदेशमा रहेका सप्लायर्सलाई ९० दिनको भूक्तानी गर्न तयार भयो, जुन पैसा नीरवले बैंकलाई पछि भुक्तानी गर्नुपर्ने थियो ।

तर पिएनबि बैंकका कर्मचारीहरुको मिलोमतोमा बैंकले नीरवको कम्पनीलाई डुप्लिकेट लाई अफ क्रेडिट जारी गर्यो । यसमा बैंकको व्यवस्थापनलाई भने कुनै जानकारी भएन । 
डुप्लिकेट क्रेडिट लाइनको आधारमा विदेशमा रहेका भारतीय बैंकका शाखाहरुले पिएनबीलाई लोन दिने निर्णय गरे ।

उनीहरुले स्विफ्टको पनि फाइदा उठाउदै बैंकको सुपरभाइजरको अनुमति बिनना नै ग्यारेन्टी दिए जसबाट पनि विदेशी शाखालाई कुनै शंका भएन । यसरी दिइएको पैसा एक विदेशी बैंकका साथै पंजाव नेशनल बैंकको खातामा पठाइएको थियो ।

बैंकका कर्मचारीहरुको मिलोमतोमा यो ऋणलाई सात बर्षसम्म नवीकरण गरिएको थियो । यस प्रकरणको पर्दाफास त्यतिबेला भयो जब ति मिलोमतो गरेका कर्मचारी बैंकबाट रिटायर्ड भए । गत जनवरीमा नीरव मोदीका कर्मचारीहरु बैंकमा यस्तै क्रेडिट लाइनको आवेदन दिए । बैंकका नयाँ अधिकारीहरुले पहिला भएको गल्ती समाती हाले र बैंकले आन्तरिक छानविन सुरु गर्यो । 

त्यसपछि बैंकले नीरव मोदी र उनका साथीहरुको विरुद्ध पहिलो पटक जनवरीमा मुद्धा दायर गर्यो । बैंकको आरोप पत्रमा २८० करोड भारतीय रुपैया घोटाला भएको आरोप लगाइएको थियो । सिबिआइले नीरव, उनकी पत्नी, भाई र अन्य साझेदारहरुविरुद्ध मुद्धा दायर गरेको छ । 

बैंकले अन्य बैंकहरुलाई जानकारी दिदै यो घोटाला ११ हजार करोडसम्म हुनसक्ने बताएको छ । 

अहिले सिविआइले नीरवका विभिन्न ठाउमा रहेका कार्यालयहरुमा छापा मारेको छ । 

नीरवले जनवरी १ मै भारत छोडेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले हाल सो रकम तिर्ने बारेमा कुराकानी गरिरहेको बताइएको छ ।      
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै