• २०८१ बैशाख १२ बुधबार

अफ्रिकाविरुद्धको सिरिज भारतद्वारा ५-१ ले कब्जा, अन्तिम खेलमा विराटले हाने शतक 

kharibot

काठमाडौँ । भारतीय कप्तान विराट कोहलीको शतकीय पारीका साथ अन्तिम एकदिवसीय क्रिकेट खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध ८ विकेटको सहज जित हात पारेका छ । 

भारतको जितमा कप्तान विराट कोहलीले १२९ रनको पारी खेलेका थिए । 

दक्षिण अफ्रिकाले दिएको २०५ रनको विजयी लक्ष्य भारतले केबल दुई विकेट गुमाएर ३२.१ बलमै हासिल गरेको थियो । विराटसँगै अजिंक्य रहाणे ३४ रन बनाउँदै नटआउट रहे । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिका ४६.५ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २०४ रन मात्र जोड्न सफल रह्यो । 

मध्यम स्तरको विजयी लक्ष्य भारतीय टिमले सहजै हासिल गर्दै ६ एक दिवसीय श्रृङ्खलामा ५–१ को जित हात पार्यो । श्रृङ्खलामा गरेको उत्कृष्ट प्रदर्शनले विराट कोहली म्यान अफ् द सिरीज पनि बन्न सफल भए । 

योसँगै कोहलीले एकदिवसीय क्रिकेटमा आफ्नो ३५औ शतक हानेका छन् । टेस्ट क्रिकेटमा २१ शतक हानेका कोहलीले अहिलेसम्म कुल ५६ अन्तर्राष्ट्रिय शतक हानेका छन् । 


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै