शिवरात्रि मेला भर्न आएका चार हजार साधु फर्किए

खरीबोट
ad

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ दर्शनमा आउने चार हजार साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ । 

पशुपति क्षेत्र विकास कोषले रु १५१ देखि रु पाँच हजार १०० सम्म र गुठी संस्थानले रु ३५१ देखि रु एक हजार ७५१ सम्म दक्षिणा दिई शिवरात्रि मेला भर्न आएका साधुसन्तलाई बिदाई गरेको हो । 

संस्थानले सन्तलाई सात श्रेणीमा विभाजन गरेको थियो । दक्षिणाबापत रु १५ लाख वितरण गरिसकिएको संस्थानका उपप्रशासक एवं शिवरात्रि मेला समिति संयोजक दीपकबहादुर पाण्डेले जानकारी दिए । 

बाँकी केही साधुलाई शनिबार दक्षिणासहित बिदाई गर्ने तयारी गरिएको छ । बाँकी साधुलाई रु एक लाखसम्म दक्षिणास्वरुप दिनुपर्ने उनले बताए । कोषले साधुसन्तलाई पाँच श्रेणीमा विभाजन गरी दक्षिणासहित बिदाई गर्यो । साधुसन्तलाई मठले दिएको जिम्मेवारीका आधारमा संस्थानले टोकन दिएर श्रेणीको विभाजन गर्छ । लालमोहर पाएका नागाबाबालाई संस्थानले पहिलो श्रेणीमा राख्छ । 

पहेँलो बस्त्र लगाई दक्षिणासहित बिदाई समारोहमा उपस्थित भएका जुनसुकै साधुलाई पनि खाली हात नगरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । कोषले पनि बिदाई गर्न बाँकी साधुलाई शनिबार पशुपति मन्दिरबाट बिदाई गर्नेछ । 

सम्बन्धित समाचार

शिवरात्रि मेला भर्न आएका चार हजार साधु फर्किए

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ दर्शनमा आउने चार हजार साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ ।  पशुपति क्षेत्र विकास कोषले रु १५१ देखि रु पाँच हजार १०० सम्म र गुठी संस्थानले रु ३५१

बिहानैदेखि डोलेश्वर मन्दिरमा भीड

भक्तपुर । हरेक वर्षझैँ यो वर्षको महाशिवरात्रिका दिन केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरुको चाप रहेको छ । उपत्यका  भित्रका शिव मन्दिरहरु मध्ये डोलेश्वर केदारनाथको शिरमा शिवरात्रिका दिन दर्शनार्थीहरुको भिड

शिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री देउवाको शुभकामना 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिजस्ता धार्मिक तथा सांस्कृतिक पर्वले सहिष्णुता, सद्भाव र शान्ति अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।  हिन्दूको महान् चाड महाशिवरात्रिको अवसरमा आज दिएको सन्देशमा

आज शिवरात्रि मनाइँदै, देशैभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदै छ ।  वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर