• २०८१ बैशाख १३ बिहीबार

टि-२० क्रिकेटमा अष्ट्रेलियाले बनायो कीर्तिमान

kharibot

काठमाडौं । टि-२० क्रिकेटमा अष्ट्रेलियाले कीर्तिमान कायम गरेको छ  । 

त्रिकोणात्मक श्रृङखला अन्तर्गत न्युजिल्याण्डसँगको खेलमा २४४ रनको लक्ष्य पुरा गरेर अष्ट्रेलियाले कीर्तिमान कायम गरेको हो  । जितका लागि पाएको २४४ रनको लक्ष्य अष्ट्रेलियाले ७ बल पहिला नै ५ विकेट गुमाएर पुरा गरेको हो । 

२४५ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाका डिआर्सी सर्टले सर्वाधिक ७६ रन बनाए भने डेभिड वार्नर ५९, आरोन फिन्चले ३६ रन बनाएका थिए ।

अष्ट्रेलियाले पनि पहिलो विकेटका लागि १३७ रनको साझेदारी गरेको थियो। वार्नरले ५९ रन बनाएका थिए। यसअघि अक्ल्याण्डको ईडन पार्कमा पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर न्यूजिल्याण्डले २४३ रन बनाएको थियो । उसका लागि मार्टिन गुप्टिलले सतकीय पारी खेलेका थिए । गुप्टिलले टि-२० करियरको दोस्रो सतक पुरा गर्ने क्रममा ४८ बलमा १०० रन बनाएका थिए । उनले ५४ बलमा १०५ रन बनाएका थिए । यस्तै कलिन मुनरोले ७६ रन बनाएका थिए ।

यो टि-२० क्रिकेटमा कुनै पनि टिमले पुरा गरेको अहिलेसम्मकै उच्च रन हो । यसअघि एक वर्ष अगाडी दक्षिण अफ्रिकाविरुद्ध जोहानेसबर्गमा वेष्ट इण्डिजले २३२ रनको लक्ष्य पुरा गरेर रेकर्ड बनाएको थियो । 

सर्वाधिक रन चेज गर्ने रेकर्ड बनाएको अस्ट्रेलियासँग टि-२० क्रिकेटको एकै पारीमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि रहेको छ । अस्ट्रेलियाले गएको सेप्टेम्बरमा श्रीलंकाविरुद्ध २६३ रन बनाएर रेकर्ड बनाएको थियो । 

न्युजिल्याण्डसँगको खेलमा अष्ट्रेलियालाई जिताउन डि आर्क सर्टले ७६ तथा डेविड वार्नरले ५९ रन बनाए । सर्टले ४४ बलमा ८ चौका र ३ छक्का हाने । २४ बल खेलेको वार्नरले ५ छक्का र ४ चौका हाने । 

अष्ट्रेलियासँगको खेलमा पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४३ रन बनाएको थियो । उसका लागि मार्टिन गुप्टिलले १ सय ५ रन बनाएका थिए । ५४ बल खेलेका ६ चौका र ९ छक्का हाने । यस्तै कोलिन मुनरोले ३३ बलमा ७६ रन बनाए । 

आफूले खेलेका सबै ४ खेल जित्दै अष्ट्रेलिया श्रृङखलाको फाइनलमा पुगिसकेको छ । न्युजिल्याण्डको पनि फाइनलमा पुग्ने संभावना कायम छ । यो श्रृङखलाको अर्को टोली इंग्ल्याण्ड हो । अब इंग्ल्याण्ड र न्युजिल्याण्डबिच एक खेल खेल्न बाँकी छ  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै