• २०८१ बैशाख ४ मंगलबार

कुकुर खोज्दै भक्तपुरका मेयर !

kharibot

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको अन्तर नगर मेयर कप भलिबल प्रतियोगिता छोडेर मेयर सुनिल प्रजापति शुक्रबार विहान ६ बजे नै भक्तपुर दरवार स्क्वायमा भेटिए ।

प्रतियोगिता सम्पन्न गर्न आयोजक भक्तपुर नगरापालिकाका मेयर प्रजापतिको संयोजकत्वमा ९२ सदस्यीय मुल समितिका संयोजक प्रजापति त्यहाँं पुजाआजा गर्दै गर्दा भेटिएका भने होइनन्, बरु कुकुरहरु खोज्न व्यस्त रहेको देखिएका थिए । त्यसैका लागि उनी केही वडा अध्यक्षहरु राजकृष्ण गोरा, उकेश कवां, हरिराम सुवाललगायतकाहरुसहित दर्जनौ मानिसहरुको नेतृत्व गर्दै थिए ।

उनले भने, ‘आज यहाँं भएभरका कुकुरहरुलाई पक्रनुपर्छ ।’ यसैका लागि कोही कुकुरलाई विस्कुट दिएर फकाउँंदै थिए त कोही के खानेकुरा दिएर । कोही भने बोरा लिएर कुकुरलाई भित्र हालेर पक्रने अभियानमा देखिए ।  

भक्तपुर नगरपालिकाद्धारा शुक्रबारदेखि सुरु गरिएको छाडा कुकुर बन्ध्याकरण र रेविजविरद्ध खोप अभियानमा मेयर खटिएका हुन् । कुकुरलाई बन्ध्याकरण र रेविजविरुद्ध खोप नगर्नाले कुकुहरुवीच झगडा हुने, ठूलो समूह देखिने, छाउराछाउरीको संख्या वढ्ने मात्रै नभई कुकुरमा ट्युमर देखिने भएकाले बन्ध्याकरण र रेविजविरुद्ध खोप लगाउने अभियान थालिएको मेयर प्रजापतिले जनाए । त्यस क्रममा केही कुकुरहरुलाई त्यही पक्रेर सुई लगाइदिएको थियो ।

केहीलाई भने गाडीमा राखेर सुई लगाउन लगिएको थियो । सामान्यलाई त्यही र अलि फुर्तिलोलाई पक्रेर क्लिनिकमा लगेर सुई लगाउन लगिएको मेयर प्रजापतिले जनाए । घाँंटीमा सुन्तला रंगको पेटी लगाएको र दायाँं कानको टुप्पो अलि काटिएको कुकुर बन्ध्याकरण गरिएको र रेविजविरुद्ध खोप दिइसकिएको चिनिने जनाइएको छ । 

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा पाँंच सदस्यीय कार्यक्रम सञ्चालन समिति गठन गरिएको थियो ।

समितिमा पशु शाखाका उमेशलाल प्रधान, सुरेश कवां, भक्तपुर नगरपालिकाका दीलिपकुमार सुवाल सदस्य रहेका छन् । नगरपालिकाले नगरका टोलटोलमा पुगेर अभियान सञ्चालन गर्ने भएकाले टोलबासीहरुसँंग सहयोगका लागि अपिल गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै