• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश ३ को राजधानी सार्नुपर्ने माग 

kharibot

भक्तपुर । प्रदेश नं ३ को स्थायी राजधानी हेटौंडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं. ३ का प्रतिनिधि तथा प्रदेश सांसद्हरुले जोड दिएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी सांसद्हरुले यस्तो जोड दिएका हुन् । 

यसअघिको काम चलाउ सरकारले जनताको भावना चाहना र भूगोलको अवस्थालाई मूल्याङ्कन नगरीकनै हेटाँैडालाई हचुवाको भरमा अस्थायी राजधानी तोकेको उनीहरुले बताएका छन् । 
प्रदेश नं ३ को भूगोललाई समेत निहाल्दा हेटाँैडा राजधानीका लागी उपयुक्त नभएको प्रतिनिधिसभा काभ्रेका साँसद गोकुल बाँस्कोटाले बताए । उनले प्रदेश सांसद्हरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्नेमा जोड दिए । 

उनले सबैको पायकका लागी प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त भएको दाबी गरे । उनले मीनभवनको मन्त्री क्वार्टरलाई भक्तपुर सारेर राजधानी काभ्रे बनाउँदा सबैभन्दा राम्रो हुने धारणा राखे । हेटौंडा कुनै पनि हालतमा राजधानी हुन नसक्ने भन्दै प्रतिनिधिसभा दोलखाका साँसद पार्वत गुरुङले पूर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने भनाई राखे । हेटाँैडामा अहिले स्थायी राजधानीका लागी खोलिएको बम्पर उपहार योजना लगत भएको भन्दै यस्तो कार्यले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उनको भनाइ छ ।
भक्तपुरका प्रदेश साँसद शसिजङ्ग थापाले कामचलाउ सरकारको प्राविधिक टोलीले समेत भक्तपुर र बनेपा मध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रुपमा प्रस्तुत गरेता पनि सरकारका केही मन्त्रीहरुको चलखेलले हेटौँडा लगिएको उनले बताए ।

उनले प्रदशेसभामा यो बिषयले एजेन्डाका रुपमा उठान पाउन साथ ३ नं प्रदशको राजधानी भक्तपुर अथवा काभ्रे हुने समेत बताए । उनले भक्तपुरको सानो थिमि सबैको पाएक पर्ने स्थान भएको उल्लेख गर्दै यदी प्राबिधिक टोलीले काभ्रे चयन गरेमा त्यसको विरोध समेत नगर्ने बताए । 

कार्यक्रममा दुई जिल्लाबाहेक सबैका लागि अपायक स्थानका रुपमा ३ नं प्रदेशको अस्थायी राजधानी रहेता पनि अव प्रदेश नं ३ सांसदहरुले भक्तपुर अथवा काभ्रेमै राजनधानी सार्ने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै