• २०८१ बैशाख ७ शुक्रबार

साताको सेयर कारोबार घट्यो 

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ७९ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार १६ हजार छ सय ३८ कारोबारबाट एक अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँ बराबरका ३७ लाख ९२ हजार चार सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा शुन्य दशमलव ६२ प्रतिशत कम हो ।

गत साता एक सय ७६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १७ हजार नौ सय एक कारोबारबाट एक अर्ब ५५ करोड ११ लाख दुई हजार रुपैयाँ बराबरका ४१ लाख ९६ हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४० दशमलव २४ अंकले बढेर अन्तिम दिन १४ सय २४ दशमलव ९५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा आठ दशमलव ४९ अंकले  बढेर तीन सय एक दशमलव ३० अंकमा आईपुगेको छ । 

यो साता कारोबार रकम छ करोड ७१ लाख ५० हजार रुपैयाँको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर संख्या दुई लाख ९३ हजार कित्ताको आधारमा पनि प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या पाँच सय ९० वटाको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सेयर सूचीकरणतर्फ भने यो साता चार वटा कम्पनीहरुको बोनस, हकप्रद तथा साधारण सेयर सूचीकृत भएको छ । 

सातामा सर्वाधिक रकमको कारोबार भएको आधारमा प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंक उत्कृष्ट पाँचमा परेका छन् भने यो साता सूचीकरणतर्फ सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारणतर्फ ६ लाख कित्ता, जेविल्स फाइनान्स लिमिटेडको हकप्रद २८ लाख ८९ हजार पाँच सय ६२ कित्ता, ओरिएन्टल होटलको बोनस १४ लाख २५ हजार १ सय ६ कित्ता र गुह्येश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स लिमिटेडको हकप्रद १९ लाख ७३ हजार ९ सय २८ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै