• २०८१ बैशाख १३ बिहीबार

भूकम्पसँग जुध्न उपत्यकामा मात्रै झन्डै एक खर्ब प्रतिवर्ष लगानी आवश्यक

kharibot

काठमाडौं । सहरी विकास मन्त्रालयले भूकम्पबाट आगामी दिनमा जाने भूकम्पबाट हुने क्षति कम गर्नका लागि लगानी बढाउन सबै निजी घरधनीलाई आग्रह गरेको छ । आगामी दिनमा ठूलो भूकम्प आए ०७२ वैशाखको भूकम्पले भन्दा बढी जनधनको क्षति हुने भन्दै मन्त्रालयले नवनिर्माणलाई भूकम्प प्रतिरोधी बनाउनुपर्ने औँल्याएको हो । 

मन्त्रालयका सूचना अधिकारी सुमन सालिकेका अनुसार आगामी १५ वर्षसम्म काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा बन्ने नयाँ घर र पुराना घरहरुलाई भूकम्पप्रतिरोधात्मक बनाई प्रबलीकरण गर्न बढी महंगो पर्छ । सोही कारण उनले सम्भावित भूकम्पसँग जुध्न प्रतिवर्ष ८८ अर्ब रुपैयाँ लगानी गर्न आवश्यक रहेको बताए । 

फेरि भूकम्प आए उपत्यकामा १२ लाख मानिस विस्थापित हुने
सरकार र एक दातृनिकायको सहयोगमा गरिएको एक अध्ययनले आगामी दिनमा जाने भूकम्पबाट काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका करिब १२ लाख जनसंख्या विस्थापित हुने प्रक्षेपण गरेको छ । नेपाल भूकम्पको उच्चजोखिममा रहेको तर त्यसबाट बच्नका लागि पूर्वतयारी नगरे आगामी दिनमा नेपालको कुनै भूभागमा जाने भूकम्पबाट उक्त क्षति हुने अध्ययनले देखाएको हो ।

त्यसो त, भूकम्प कहिले र कति बेला जान्छ, भनेर भन्ने अवस्था भने हुँदैन । त्यसको जोखिमलाई घटाएर कमभन्दा कम क्षति हुने गरी संरचना विकासका साथै आममानिसमा सचेतनाको विस्तार गर्ने उद्देश्य हो । गृह मन्त्रालय, सहरी विकास मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गरेको एक अध्ययनले २०१५ मा गोरखा भूकम्प जस्तै भूकम्प आगामी दिनमा गएमा काठमाडौं उपत्यकाबाट ११ लाख ९६ हजार ८० जनसंख्या विस्थापित हुने प्रक्षेपण गरेको छ ।

सरकार तथा उक्त संस्थाले गरेको काठमाडौं उपत्यका भूकम्प विपद् जोखिम मूल्यांकन परियोजनाले मुलुकमा अब जाने भूकम्पबाट हुने मानवीय, भौतिक तथा सामाजिक क्षतिका विषयमा अध्ययन गरेको थियो ।

उक्त अध्ययनले मध्यरातमा भूकम्प गएमा ठूलो क्षति हुने प्रक्षेपण गरेको हो । हालकै संरचना कायम रहेमा गोरखा भूकम्प (२०१५) भएको क्षतिभन्दा निकै ठूलो परिमाणमा मानवीय क्षति हुने प्रक्षेपण गरिएको छ । सोही स्केल रेक्टरको भूकम्प मध्यरातमा आएमा २२ हजार एक सय ८० जनाको मृत्यु हुने, ८३ हजार आठ सय ६० घाइते हुने र ११ लाख ९६ हजार ८० जना विस्थापित हुने परियोजनाको अध्ययनले देखाएको छ ।

हिमालय श्रृंखलाको आसपासमा रहेको नेपालको अधिकांश भूभाग प्रकोपजन्य क्षेत्रमा पर्छ । नेपालमा गएका भूकम्पको इतिहास हेर्दा करिब ७०÷८० वर्षको अन्तरालमा ठूलै रेक्टर स्केलका भूकम्प गएका छन् । नेपालको पश्चिम क्षेत्रमा भूकम्प नगएको लामै अवधि भएको भन्दै विज्ञहरुले त्यस क्षेत्रमा भूकम्प जानसक्ने भन्दै नेपालका भौतिक संरचनाहरुलाई भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । 

त्यसो त, सरकारी निकायबाट भने जुन बेलाको आँप, त्यही बेलाको झटारोजस्तै गर्ने प्रवृत्ति देखिँदै आएको छ । त्यस क्षतिबाट बच्नका लागि कुनै पूर्वतयारीको अभ्यास भएको भने पाइँदैन । यसरी आफ्ना संरचनालाई सुरक्षित बनाएमा आगामी दिनमा जाने भूकम्प र त्यसबाट हुने क्षतिलाई निकै न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । उनका अनुसार यसैगरी लगानी गरी भूकम्पप्रतिरोधी घर बनाएमा गोरखा भूकम्पबाट भएको क्षतिलाई ३१ प्रतिशतमा झार्न सकिन्छ ।

परियोजनाले गरेको प्रक्षेपणअनुसार भूकम्पबाट काठमाडौं उपत्यकामा हुने अनुमानित क्षति 

भवनमा क्षति

साधारण भवन
 
स्वास्थ्य भवन
 
विद्यालय भवन
 
सरकारी भवन
 
१. सामान्य ७७ हजार सात सय १३
 
१. सामान्य १०५
 
१. सामान्य १०५७
 
१. सामान्य ८५
 
२. मध्यम ६२ हजार छ सय ९१ 
 
२. मध्यम ८३
 
२. मध्यम ८१०
 
२. मध्यम ६६
 

३. अत्यधिक एक लाख ३६ हजार ६० 

३. अत्यधिक १५३

३. अत्यधिक १६५४

३. अत्यधिक १२६ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै