• २०८१ बैशाख १३ बिहीबार

दक्षिण अफ्रिकाको नयाँ राष्ट्रपतिमा रामाफोसा नियुक्त

kharibot

कप्ट टाउन । दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त भएका छन् । 

यसअघिका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसदले बिहीबार रामाफोसालाई राष्ट्रपति पदमा चयन गरेको हो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसदमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण आफ्नो प्राथमिकता हुने बर्ताएकान छन् । 

धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती देशका सामु रहेको उनको भनाई थियो । रामाफोसाले छिट्टै आफ्नो पदको शपथ लिने र देशवासीका नाममा सम्बोधन गर्ने अपेक्षा गरिएको छ । 

यसअघि आफ्नै दलको तीव्र दबाब पछि दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामाको घोषणा गरेका थिए । सत्तारूढ अफ्रिकन नेशनल कँग्रेस एएनसी ले राजीनामा नदिए सदनमा महाभियोग लगाउने चेतावनी दिएको थियो । 

सो पार्टीका सभापति तथा तत्कालीन उपराष्ट्रपति सिरिल रामाफोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि पार्टीले दबाब दिएको थियो । 

सन् २००९ देखि सत्तामा रहनु भएका जुमालाई भ्रष्टाचारसहितका कैयौँ आरोपहरू लाग्दै आएको थियो । नवनियुक्त राष्ट्रपति रामाफोसाले गएको डिसेम्बर महिनादेखि सत्तारुढ दलको नेतृत्व गरीरहेका छन् । 

दक्षिण अफ्रिकाको रंगभेदी शासनको विरोध गर्दा पटकपटक जेल पनि पर्नु भएका उनी सन् १९९० मा सर्वोच्च नेता नेल्सन मण्डेलालाई जेल मुक्त गर्न गठित समितिमा अध्यक्ष थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै