• २०८१ बैशाख ८ शनिबार

बौद्धिक अपांगता भएका विद्यार्थीलाई छात्रावास

kharibot

फाइल तस्विर । 

बाबियाचौर । बेनी नगरपालिका–५, बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयको बौद्धिक अपांगता स्रोत कक्षाको छात्रावास भवन निर्माण भएको छ । 

प्लान इन्टरनेशनल नेपालको सहयोगमा अपांग संघ, म्याग्दीद्वारा सञ्चालित समावेशी शिक्षा प्रवद्र्धन परियोजनाअन्तर्गत तीनकोठे भवन निर्माण भएको हो । प्लान इन्टरनेशनलको रु ५५ लाख ६२ हजार १८ सहयोग र समुदायको रु दुई लाख पाँच हजार ७९३ बराबरको श्रमदानमा भवन निर्माण भएको संघका सचिव सुरेन्द्र खत्रीले बताए । 

छात्रछात्राका लागि छुट्टाछुट्टै एक–एकवटा आवास कोठा, एकवटा किचन, एट्याच बाथरुम, अपांगतामैत्री र्याम्प सहितको एकतले भवन निर्माणका लागि शेर्पा कन्सट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । गत भदौदेखि शुरु भएको भवन निर्माण कार्य माघ महिनामा पूरा भएको हो । 

बालजागृति आधारभूत विद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका बालबालिकाको आवासीय सुविधाका लागि निर्माण भएको भवनको क्षमता ३० जनाको छ । विसं २०६८ देखि सञ्चालित स्रोत कक्षामा हाल २० जना बौद्धिक अपांगता भएका बालबालिका अध्ययनरत रहेका प्रधानाध्यापक भक्त कार्कीले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै