• २०८१ बैशाख ७ शुक्रबार

साताको सेयर  : कारोवार रकममा १९ दसमलव ९५ प्रतिसतको गिरावट 

kharibot

काठमाडौ ।  यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ७८ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार २७ हजार चार सय ६६ कारोबारबाट तीन अर्ब पाँच करोड ६७ लाख ६२ हजार रुपैयाँ बराबरका ८४ लाख ४६ हजार चार सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९ दसमलव ९५ प्रतिशत कम हो । 

गत साता एक सय ६८ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३४ हजार सात ७३ कारोबारबाट तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरका एक करोड २१ लाख तीन हजार पाँच सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १२ दसमलव ३८ अंकले घटेर अन्तिम दिन १६ सय २९ दसमलव ७५ अंकमा पुगेको छ ।  ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दसमलव २५ अंकले घटेर तीन सय ४२ दसमलाव ३४ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम १४ करोड ४८ लाख ६० हजार रुपैयाँको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर संख्या १४ लाख ९२ हजार कित्ताको आधारमा नविल व्यालेन्स फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या १४ सय ७७ वटाको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै