• २०८१ बैशाख ५ बुधबार

‘प्लेयर अफ द सिरिज’ बने सन्दीप लामिछाने 

kharibot

काठमाडौं । आसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा कुल १७ विकेट लिएका सन्दीप लामिछाने प्रतियोगिताको उत्कृष्ट खेलाडी ‘प्लेयर अफ द सिरिज’ घोषणा भएका छन् ।

आयोजक नामिबियाविरुद्ध ४ विकेट लिएर प्रतियोगिताको सुरुवात गरेका लामिछानेले ओमानविरुद्धको दोस्रो खेलमा २ विकेट लिएका थिए । त्यस्तै उनले तेस्रो खेलमा युएईविरुद्ध ३ विकेट लिएका थिए । 

लामिछानेले केन्याविरुद्धको खेलमा प्रतियोगिताको उत्कृष्ट बलिंग गर्दै ५ विकेट लिएका थिए । उनले १० ओभरमा ५ मेडनसहित २० रन दिएर ५ विकेट लिएका थिए ।
त्यस्तै क्यानडाविरुद्ध २ विकेट लिएका लामिछानेले फाइनल खेलमा युएईविरुद्ध एक विकेट लिएका थिए ।

यसरी ६ खेलका कुल ६ इनिङमा ५४.२ ओभर बलिंग गर्दै लामिछानेले ९ मेडेन ओभरसहित १७६ रन दिएर १७ विकेट लिएका हुन् । उनको प्रतियोगितामा औसत १०.३५ छ भने उनको इकोनोमिक रेट ३.२३ रहेको छ । 

सन्दीपलाई उत्कृष्ट खेलाडी घोषणा गरिएकोमा भने युएईका कप्तानले असहमति जनाएका थिए । उनले सो अवार्ड आफुले पाउनु पर्ने दाबि गरेका थिए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै