पारस खड्काले शतक हानेपनि युएईसँग हार्यो नेपाल 

खरीबोट
ad

काठमाडौं । आसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपाधि युएईले जितेको छ । 

आज भएको फाइनल खेलमा नेपाललाई ७ रनले पराजित गर्दै डिभिजन २ को उपाधि जितेको हो ।

युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाएको छ ।

नेपालका लागि कप्तान पारस खड्काले नट आउट खेल्दै ११२ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३५, शरद भेसावाकरले ३०, ज्ञानेन्द्र मल्लले २४ रन बनाएका थिए ।

यस अघि युएईले नेपाललाई २७८ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिला ब्याटिंग गरेको युएईले निधारित ५० ओभरमा ४ विकेट गुमाउदै २७७ रन बनाएको थियो । 

युएईका लागि अशफिक अहमदले ११४ रन बनाएका थिए भने रोहण मुस्तफाले ५१, शैमन अनवरले ४० रन बनाएका थिए ।  त्यस्तै रमीज शाहजादले नटआउट ३३ रन बनाएका थिए ।
नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मीले एक एक विकेट लिएका थिए ।
 

सम्बन्धित समाचार

डिभिजन २ खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ ।  आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ ।  नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

‘प्लेयर अफ द सिरिज’ बने सन्दीप लामिछाने 

काठमाडौं । आसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा कुल १७ विकेट लिएका सन्दीप लामिछाने प्रतियोगिताको उत्कृष्ट खेलाडी ‘प्लेयर अफ द सिरिज’ घोषणा भएका छन् । आयोजक नामिबियाविरुद्ध ४ विकेट लिएर

डिभिजन २ फाइनल : युएईद्वारा नेपाललाई २७८ रनको लक्ष्य 

काठमाडौं । डिभिजन २ को फाइनलमा युएईले नेपाललाई २७८ रनको लक्ष्य दिएको छ ।  टस जितेर पहिला ब्याटिंग गरेको युएईले निधारित ५० ओभरमा ४ विकेट गुमाउदै २७७ रन बनाएको छ ।  युएईका

डिभिजन २ बाट नेपाल र युएई विश्वकप छनौट खेल्ने, यी हुन् अन्य ८ टिम

काठमाडौँ । नेपाल आगामी मार्च ४-२५ सम्म जिम्बाबेमा हुने विश्वकप छनौट खेल्ने भएको छ । अत्यन्त सनसनीपूर्ण खेलमा नेपालले क्यानडामाथि एक विकेटको जित हासिल गरेको हो नेपाल अब २०१९ मा हुने