• २०८१ बैशाख ७ शुक्रबार

एक करोड ३० लाख वर्ष पुरानो वानर, जो मानवजातिकै पहिलो पुर्खा हुनसक्छ

kharibot

काठमाडौँ । १३ मिलियन वर्षअघि अर्थात् आजभन्दा झण्डै एक करोड ३० लाख वर्षअघि ज्वालामुखीमा पुरिएको एउटा बच्चा वानर(बाँदर)को टाउकाको खप्परलाई वैज्ञानिकहरुले मानवजातिकै प्राचीन पुर्खा भएको हुनसक्ने अनुमान गरेका छन् । जुन खप्पर ठ्याक्कै अफ्रिकी मूलसँग मिल्दोजुल्दो रहेको छ । यसअघि थाहा नपाइएको उक्त प्राणीले मानवपुर्खासँगै परिवार विस्तार गरेको हुनसक्ने यसका अन्वेषकहरुले ‘नेचर’ जर्नलमा लेखेका छन् ।

वैज्ञानिकहरुले यसलाई ‘निन्जापिथेकस अलेसी’ नाम दिएका छन् । ‘अलेसी’ केन्याको टुर्काना भाषाको ‘अलेस’ शब्दबाट यसको नाम जुराइएको हो, जसको अर्थ हुन्छ ‘पूर्वज’ अर्थात् ‘एनसेस्टर’ । केन्यामा कागती—आकारका खप्परहरुको उत्खनन गरिएको थियो । वयष्क जीवनमा ११ किलो तौलसम्म पुगेको हुनसक्ने उक्त बच्चा (वानर)को खप्पर एउटा नमूना हो । उही समयका वानरभन्दा यससँग ठूलो आकारको मस्तिष्क रहेको अनुसन्धाताहरुको भनाइ छ ।

‘यदि तपाईं सबै जीवसँग यसको तुलना गर्नुहुन्छ भने यो ठ्याक्कै लामो हात भएको वानरसँग मिल्नजान्छ’, न्युयोर्कस्थित स्टोनी ब्रुक युनिभर्सिटीका सह–अध्येता इसैह नेन्जोले एएफपीसँग भने । यसो भन्दैमा अहिलेका वानरहरुको पुर्खासँग यसलाई जोड्न भने मिल्दैन तर लामो हातवाला वानर (गिब्बन)जस्तै भने थियो ।  
गिब्बनजस्तै मानवपुर्खाको परिकल्पनाबारे वैज्ञानिकहरुले आगामी दिनमा उत्खनन गरिने गोरिल्लाका खप्परहरुले अझ स्पष्ट पार्ने बताएका छन् । यसमा चिम्पाञ्जी र मानवलाई समेट्ने ‘होमिनिन्स’ समूहलाई पनि समावेश गरिनेछ जुन गोरिल्लाजस्तै देखिन्थे ।

  • केन्याको टुर्काना तालदेखि पश्चिम नापुडेटमा पुरातत्व क्षेत्रबाट उत्खनन गरिएको बालक वानर अलेसीको खपटा । तस्बिर : एएफपी

असाधारण खालका कंकालहरु पाइने स्थानबारे अध्येताको टोलीले अध्ययन गरिरहेका नर—वानरहरुको पूर्वजको थलो केही विद्वानहरुले एसिया रहेको अनुमान गरे पनि अफ्रिका नै भएको उनीहरुको निष्कर्ष छ । ‘यी सबै अनुसन्धान र प्राप्त नमूनालाई हेरेर हामी होमिनोइडियाहरुको उत्पत्तिस्थान अफ्रिका नै भएकोमा निश्चिन्त हुनसक्छौँ’, नेन्जोले भने ।

होमिनोइडिया अथवा होमिनोइड भन्नाले वानरहरुको परिवार भन्ने बुझाउँछ । यो समूह दुईवटा प्रजातिसँग विभाजित छ ः  एउटा मानिस, बोनोबोस (चिम्पान्जीकै प्रजाति), चिम्प्स (चिम्पान्जी), गोरिल्ला र ओरेंग–उतान(एसियाली प्रजातिका बाँदर) र अर्को एजाइल (छिट्टै र सजिलै चल्नसक्ने), ट्रि—स्विंगिङ गिब्बन वा हिलोब्याटिड्स अर्थात् रुखका हाँगाबिँगामा उफ्रिने वानर प्रजातिसँग ।

  • एक करोड ३० लाख वर्षअघि ज्वालामुखीमा पुरिएको भनिएको बच्चा वानरको खप्पर । यसैलाई वानर—नरको पूर्वज मानिएको छ र यसको मूल अफ्रिकन ओरिजिनसँग सम्बन्धित रहेको वैज्ञानिकहरुको भनाइ छ । तस्बिर : एएफपी

अहिले पाइएको नयाँचाहिँ यिनीहरुभन्दा धेरै पुरानो छ र यो पूर्वज समूहसँग सम्बन्धित छ अर्थात् अध्येताहरुका अनुसार यो होमिनोइडका पूर्वजसँग सम्बन्धित छ ।

अफ्रिकाबाहिर

त्यो समूह जसको अहिलेसम्म आधिकारिक नाम नै छै्रन । यो धर्तीमा यो वानर प्रजाति अस्तित्वमा थियो र लाखौँ वर्षअघि लोप भयो । नेन्जोका अनुसार धेरैजसो योसँग सम्बन्धित समूह र यसका सबैभन्दा पुराना सदस्यहरु अफ्रिकन नै हुन् तर यी सबै कुराको समाधान ‘अलेसी’विना हुनसक्दैन ।

उनका अनुसार ‘अलेसी’कै खोजले त्यो समूहसम्म पुग्न अध्येताहरुलाई अनुमति दिएको हो । र जब अध्येताहरुले यसमा गहनदृष्टि लगाएर अनुसन्धान अगाडि बढाए यसले धेरैजसो समूहहरु अफ्रिकामा नै पाइयो । ‘अलेसी’को एकदमै पूर्ण वानर—खप्पर मिओसिन पेरियडको सुरुतिरको रहेको छ, जुन समयको दूरी २४ मिलियनदेखि पाँच मिलियन वर्षअघि हो ।

  • एउटा यसअघि पत्ता नलागेको भनिएको प्राणी जुनचाहिँ मानवजस्तै परिवारमा बस्ने गर्दथ्यो, जसलाई मानवपुर्खा पनि भन्ने गरिन्छ । यो प्राणीको अनुहार गिब्बनकै प्रजातिको जस्तो फराकिलो रहेको थियो । तस्बिर : एएफपी

यद्यपि यो पाइएका केही कंकालभन्दा कम अवधिको पनि हुनसक्छ तर पाइएकामध्ये अनुहार भएको कंकाल भने यही एउटा हो, जसमा खप्परको आधार छ, जसमा खप्परको भित्री स्वरुप पनि छ । निन्जाका अनुसार यसले त्यतिबेलाका वानरको प्रतिनिधित्व राम्ररी गर्नसक्छ ।

उच्चप्रविधिबाट गरिएको उक्त खप्परको स्क्यानबाट ‘अलेसी’को गिब्बनको जस्तै दाँतहरु पनि थिए । यद्यपि ‘अलेसी’का ससाना दाँतहरु झरेका भए पनि वयष्क अवस्थाका दाँतहरु बंगारासँगै सग्ला भेटिएको थियो । उक्त वानर एक वर्ष चार महिनाको उमेरमा मरेको वैज्ञानिकहरुको अनुमान छ ।

अध्येताको टोलीले गिब्बनसँग केही अमिल्दो गरी ‘अलेसी’का कानमा सन्तुलित इन्द्रिय (अंग)बारे थाहा पाए अर्थात् यो विस्तारै परिवर्तन भइरहने खालको बिल्कुलै भिन्नप्रकारको थियो । ७० लाख वर्षअघिको चिम्पान्जीसँग जोडिएर मानवविकासबारे धेरै कुराहरु पत्ता लागिसकेका छन् भने अहिले एक करोड वर्षअघिका समान पूर्वजबारे थोरै मात्र पत्ता लागेको अवस्था छ ।

उक्त अध्ययनबारे प्रतिक्रिया दिने क्रममा न्यु मेक्सिको स्टेट युनिभिर्सिटीकी मानवशास्त्री ब्रेण्डा बेनिफिटले उक्त कंकाल आफ्नो जीवनकालमा देख्न पाउने कुरा आफूले सोच्दै नसोचेको बताइन् ।  जर्नलले प्रकाशित गरेको प्रतिक्रियामा उनले भनिन्, ‘वानर (बाँदर) र नर (मानव)को विकासवादी इतिहासलाई स्वीकार्यताको दृष्टिबाट यस उपलब्धिले पत्ता लाग्न बाँकी सूचनाहरु उपलब्ध गराउन ठूलो मद्दत मिल्नेछ ।’

सोही कुरामा सहमत राख्छन् फ्रान्स, ग्रिनोबलको युरोपियन सिनक्रोट्रोन रेडियसन फ्यासिलिटीका पल टाफोरेउ । टाफोरेउले नै उक्त खप्परको परीक्षणमा अनुसन्धान टोलीलाई मद्दत गरेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै