रुस्लान सिमरा गोल्डकप : त्रिभूवन आर्मी र थ्री–स्टार सिमरा गोल्डकपको उपाधीका लागि भिड्ने

खरीबोट
ad

बारा । त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाईनल प्रवेश गरेको छ । 

विहिवार भएको दोश्रो सेमी फाइनलमा वीरगञ्ज यूनाईटेड क्लबलाई ३–० गोल अन्तरले स्तव्ध पार्दै त्रिभूवन आर्मीले उपाधि भिडन्तमा थ्रिस्टार क्लबसंगको भेट पक्का गरेको हो । 
आर्मीको जीतमा दिनेश हेम्जन र दिप लामाले समान एक गोल गरे भने वीरगञ्ज यूनाईटेड क्लबका  विष्णु सुनुवारले आत्मघाती गोल गर्दा आर्मीले ३–० को जित दर्ता गरायो ।

साविक विजेता संकटा क्लबलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको वीरगञ्ज यूनाईटेड विभागिय टिम आर्मी सामु निरिह बन्यो । करिब ८ हजार घरेलु दर्शक माझ आर्मी विरुद्ध उत्रिएको वीरगञ्ज यूनाईटेडलाई त्रिभूवन आर्मीले पुरै समय दवावमा राख्यो ।

पहिलो हाफमा १–० को अग्रता दिलाउने क्रममा आर्मीका दिनेश हेम्जनले गोलको खाता खोले । खेलको ३८ औं मिनटमा भरत खवासको पासमा दिनेशले आर्मीलाई अग्रता दिलाए । 

खेलको ६० औं मिनटमा वीरगञ्ज यूनाईटेडका विष्णु सुनुवारले आत्मघाती गोल गर्दा आर्मीले २–० को अग्रता हात पार्यो । आर्मीका भरत खवासको क्रसबल पेनाल्टी एरियामा नियन्त्रणमा लिने प्रयास गरेका सुनुवारको प्रयासले गोलपोष्टको दिशा लिंदा वीरगञ्ज यूनाईटेड थप दवावमा पर्यो । 

बिरगंज विरुद्ध हावी भएको आर्मीले ६७ औं मिनटमा अर्को गोल थप्यो । आर्मीका दिप लामाले गोल गर्दै टिमलाई ३–० को फराकिलो अग्रता दिलाए । टंक बस्नेतको पासमा उत्कृष्ट गोल गर्दै दिप लामाले सिमरा गोल्डकपमा त्रिभूवन आर्मीको फाइनल यात्रा तेश्रो पटक सुनीश्चित गरे । 

त्रिभूवन आर्मी प्रतियोगिताको छैठौं संस्करणको विजेता हो, भने आठौं संस्करणको उपविजेता समेत हो । त्रिभूवन आर्मीले शनिवार सिमरा रङ्गशालामा उपाधिका लागि थ्रिस्टार क्लबसंग प्रतिस्पर्धा गर्ने छ । 

खेलको म्यान अफ दि म्याच त्रिभूवन आर्मीका दिनेश हेम्जन घोषित भए । उनले ५ हजार नगद सहित म्यान अफ दि म्याचको ट्रफि हात पारे ।

शुक्रवार सञ्चारकर्मीको मैत्रीपुर्ण खेल

नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको अवसर पारेर शुक्रबार बारा र मकवानपुरका सञ्चारकर्मी विच मैत्रीपूर्ण फुटवल प्रतियोगिता आयोजना हुँदैछ । सिमरा रङ्गशालामा शुक्रबार विहान ८ः३० बजे खेल शुरु हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिता आयोजना समितिका संयोजक सुनील गाउँलेले जानकारी दिए । 

प्रतियोगिताका लागि बाराले प्रेस चौतारीका जिल्ला अध्यक्ष दिवाकर भण्डारीको नेतृत्वमा टिम तयार पारेको छ भने मकवानपुरले अग्रज पत्रकार प्रताप विष्टको नेतृत्वमा टिम तयार पारेको छ ।

सम्बन्धित समाचार

नाकाबन्दी भएको कतारमा अर्को विश्वकप होला कि नहोला

काठमाडौँ ।  विश्वको ध्यान अहिले केही दिनअघि सुरु भएको विश्वकप फुटबल प्रतियोगितातर्फ तानिएको छ । पहिलो पटक विश्वकप आयोजना गरेको रुसले यही जुन १४ अर्थात् जेठ ३१ देखि एक महिनासम्म हुने

आइसल्याण्ड फुटबल टिममा ‘सन’ र ‘राम’ को अनौठो संयोग 

काठमाडौँ । पहिलो पटक विश्वकपमा भाग लिन लागेको आइसल्याण्डले आज अर्जेन्टिनाको सामना गर्दै छ ।  यस विश्वकपको ‘ग्रुप अफ डेथ’ भनेर भनिएको समुह बि मा रहेको आइसल्याण्डको टिममा अनौठो संयोग देखिएको

साउदी अरबले तीन खेलाडीलाई ‘सजाय’ दिने, फुटबल फेडेरेशनको अध्यक्षले दिए चेतावनी

काठमाडौँ । विश्वकपको उद्घाटन खेलमा आयोजक रसियासँग लज्जास्पद हार बेहोरेको साउदी अरेबियाका तीन खेलाडीलाई कारवाही हुने भएको छ । साउदी फुटबल फेडरेशनका प्रमुख अडेल इज्जतले राम्रो प्रदर्शन नगरेका खेलाडीलाई सजाय दिइने

विश्वकप फुटबल आजदेखि सुरु हुदै, ३२ देशको भिडन्त एक महिनासम्म चल्ने 

काठमाडौँ । आज नेपाली समय अनुसार आज साँझ ८:४५ बजे आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सुरु भएसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती