• २०८१ बैशाख १३ बिहीबार

ओली प्रधानमन्त्री भएको दिन नेप्से पूरै हरियो, उच्च वृद्धि

kharibot

काडमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमको सकारात्मक प्रभाव नेप्सेमा देखिएको छ ।

प्रधानमन्त्रीको रुपमा वामगठबन्धनका तर्फबाट केपी शर्मा ओली नियुक्त भएको दिन आज बिहीबार नेप्से सूचक  तथा कारोबार रकम दुुबैमा उच्च बृद्धि देखिएको छ । नेप्से आज ३६ दशमलव एक अंकले बढेर १४ सय २४ दशमलव ९५ विन्दुुमा पुुग्दा सेन्सिटिभ सात दशमलव ७२ अंकले बढेर तीन सय एक दशमलव ३० विन्दुुमा पुुगेको छ ।

नेप्सेमा आज कुल एक सय ६५ कम्पनीहरुको १५ हजार १५ लख छ हजार छ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोबार रकम ६६ करोड ३९ लाख ५६ हजार दुुई सय ४९ रुपैयाँ पुुगेको छ ।

आज नेप्सेमा १० वटा समूहको कारोबार भएकोमा सूचक  बढ्दा नेप्सेमा पुरै हरियाली छाएको छ । आज बीमा समूहको सूचक  एकै दिन दुुई सय १३ दशमलव ९५ अंकले बढेर सात हजार दुुई सय ८८ दशमलव ६४ विन्दुुमा चढ्दा १४ करोड २८ लाख ५६ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी बाँणिज्य बैक समूहको सूचक  २१ दशमलव ३० अंकले बढेर १२ सय ४२ दशमलव ३८ विन्दुुमा चढ्दा ३० करोड ९६ लाख ४८ हजार रुपैयाँको खरिद बिक्री भएको छ ।

विकास बैक समूहको सूचक  पनि ५५ दशमलव पाँच अंकले बढेर १६ सय २८ दशमलव ८३ विन्दुुमा चढ्दा तीन करोड ५८ लाख एक हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज जलबिद्युुत समूहको सूचक  ४९ दशमलव चार अंकले बढेर १८ सय २३ दशमलव ३७ विन्दुुमा चढ्दा तीन करोड १९ लाख ७२ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी फाईनान्स समूहको सूचक  पनि १७ दशमलव ५५ अंंकले बढेर सात सय १७ दशमलव ७६ विन्दुुमा चढेकोमा ६३ लाख १७ हजार सात सय १० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र लघुबित्त समूहको कारोबार सूचक मा पनि आज उच्च विन्दुुले सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको श्री इन्भेष्टमेन्ट फाईनान्स कम्पनीको सेयर मुल्य नौ रुपैयाँ ८२ पैसाले बढेर दुुई सय ४६ रुपैयाँमा सेयर कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको एनएमबी समृद्धि फण्ड—१ को सेयर मुल्य तीन रुपैयाँ ८१ पैसाले घटेर १२ रुपैयाँ ६० पैसामा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको कुमारी बैैकको प्रतिकित्ता दुुई सय ८१ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ४८ लाख ११ हजार पाँच सय ६१ रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट बैकको पनि आज छ सय ८५ रुपेैयाँ अन्तिम मुल्यमा तीन करोड पाँच लाख ३८ हजार दुुई सय रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै