• २०८१ बैशाख ७ शुक्रबार

ओप्पोको ड्यासिङ ब्ल्यु लिमिटेड एडिसन मोबाइल सार्वजनिक

kharibot

काठमाडौं । ओप्पोले ड्यासिङ ब्ल्यु लिमिटेड एडिसन सार्वजनिक गरेको छ । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओप्पोले नेपाली उपभोक्तालक्षित गरी ओप्पो एफफाइभको ड्यासिङ ब्ल्यु लिमिटेड एडिशन सार्वजनिक गरेको हो ।

विश्वभरका उपभोक्ता र विशेष गरी युवापुस्तामालक्षित गरी ल्याइएको क्लासिक तथा बोल्ड रंगमा उपलब्ध उक्त मोडलले फेशन सुन्दरता र रोमान्सलाई प्रतिविम्बित गर्ने यो प्रविधिले प्रयोगकर्तालाई उत्कृष्ट र आकर्षक तस्बिर लिन सघाउने कम्पनीले बताएको छ । 

यसका अन्य मोडलजस्तै एआई ब्युटी रिकग्निशन प्रविधिउपलब्ध छ । उक्त एआई प्रविधिले तस्विरमा रहेका व्यक्तिको मुहार आकृतिका बारेमा सूचना संकलित गरी केन्द्रीकृत डाटाबेसमार्फत तिनका बारेमा जान्ने तथा सिक्ने क्षमता राख्छ । 

उच्च रेजोल्यूशन र उत्कृष्ट नतिजासहित आएको उक्त सेटमा एफ÷२.० एपर्चरसहितको २० एमपी फ्रण्ट क्यामेरा र एफ÷१.८ एपर्चर सहितको १६ एमपी क्षमताको रियर क्यामेरा जडान गरिएको छ । फुल–स्क्रिन र मनमोहक डिजाइन र कलर ओएस– हाल सम्मकै उत्कृष्ट  डिजाइनमा रहेको दावीकम्पनीले गरेको छ । उक्त सेटमा ४ जीबी¥याम र ३२ जीबी रोम क्षमतारहेको छ । 
फोनमाओ–सेयर फाइल सेयरिङ प्रविधि पनि उपलब्ध गरिएको छ । यो प्रविधिले ब्ल्यू टूथका तुलनामा केही सेकेण्डमै १ सय गुणा तिब्र गतिमा ओप्पो फोनहरुका बीचमा तस्बिर तथा भिडियो आदान प्रदान गर्न सक्ने क्षमता राख्छ । 

फोनमा स्प्लिट स्क्रिन फिचर पनि उपलब्ध गरिएको छ । स्प्लिट स्क्रिन फिचरको उपयोग गर्दै एउटै स्क्रिनमा यू–ट्यूवको मज्जा लिँदै फेसबुक म्यासेञ्जरमा च्याट समेत गर्न सकिने र अतिशक्तिशाली, कम ताप उत्सर्जन गर्नेे निलो रंगको यो फोनको नेपालभरको अफलाइन बिक्री केन्द्रमार्फत ३६ हजार ४ सय ९० मा किन्न सकिने कम्पनीले जानकारी गराएको छ । 

ओप्पोको एआई ब्युटी रिकग्निसन प्रविधिसहित नयाँ रंगमा भ्यालेन्टाइन्स विशेषको अवसरमा कम्पनीले बजारमा ल्याएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै