• २०८१ बैशाख १३ बिहीबार

विराटनगबाट विद्युत् चोरीमा संलग्न आठ पक्राउ

kharibot

विराटनगर । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ । 

प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयुक्त गस्ती टोलीले हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्राधिकरणले जनाएको छ । 

यसरी पक्राउ पर्नेमा कटहरी–६ बस्ने जितेन सरदार, आनन्द सरदार, दिलीप राजवंशी, नीतिलाल राजवंशी, जीतनारायण सरदार, पहाडी सरदार, वर्ष ५२ को महेन्द्र सरदार र धर्मेन्द्र सरदार छन् । सबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

तस्करीको सामान बरामद 

‘सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान’ अन्तर्गत प्रहरीले करिब रु दुई लाख मूल्य बराबरको तस्करीको सामान आज बिहान बरामद गरेको छ । 

विराटनगरस्थित प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट भन्सार छली तथा चोरी तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको खाद्यान्न, लत्ताकपडा, मरिच, सुपारी साइकल र रिक्सालगायतकोे सामान बरामद गरेको हो । 

उक्त सामान अनुसन्धानपश्चात् कारबाहीका लागि भन्सार कार्यालयमा आज बुझाइएको प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै