काठमाडौं । आगामी आइतबार नेपाल राष्ट्र बैंकले दुुई सय करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार बोलकबोलमार्फत वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमाझ उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्नलागेको हो ।
बिक्री गरिने ट्रेजरीको परिपक्व हुने अवधि ९१ दिन अर्थात् २०७५ जेठ ८ गते रहेको छ ।
राष्ट्र बैंकले गत हप्ता पनि ९१ दिने अवधिको दुुई अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।