• २०८१ बैशाख १३ बिहीबार

प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल निर्वाचित

kharibot

फाइल तस्विर । 

महेन्द्रनगर । प्रदेश नम्बर २ को लागि नेकपा एमालेको संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन् । 

प्रदेश २ मा एमालेको संसदीय दलको नेताको लागि बिहीबार भएको मतदानमा मण्डल निर्वाचित भएका हुन् । दलको नेताको लागि दाबी गर्दै आएका मण्डल र शत्रुधन महतोबीच सर्वसहमति हुन नसके पछि आज मतदानमार्फत संसदीय दलको नेता चयन गरिएको थियो । 

मतदानमा मण्डलले १२ मत प्राप्त गरी विजयी भएका हो भने महतोले आठ मत प्राप्त गरेका थिए । मतदानमा एक मत बदर भएको थियो । प्रदेश २ मा एमालेको २१ प्रदेश सांसद रहेका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै