• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा केपी ओली नियुक्त

kharibot

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीसामु आफ्नो प्रधानमन्त्रीमा दाबी गरेलगत्तै भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

"आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष तथा प्रतिनिधि सभाका माननीय सदस्य श्री के.पी. शर्मा ओलीलाई नेपालको संविधानको धारा ७६ को उपाधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नको लागि नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थन सहितको पत्र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीले पेश गर्नुभयो", 

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

"उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेताहरुको समेत उपस्थिति थियो ।"

ओलीले आजै अपराह्न ४ बजे राष्ट्रपतिनिवास शीतलनिवासमा प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय गरिएको छ । शपथग्रहणसँगै आजबाट प्रधानमन्त्रीका रुपमा ओलीले दोस्रो कार्यकाल सुरु गर्नेछन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै