• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा

kharibot

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले देउवाले आफुले आफ्नो जिम्मेवारी पुरा गरेर जान लागेको बताउदै नयाँ बन्ने सरकार विकासमा केन्द्रित हुने आशा व्यक्त गरेका छन् ।

आफ्नो कार्यकालमा भएका प्रमुख कामको फेहरिस्त प्रस्तुत गरेका देउवाले तीनै तहका चुनाव सम्पन्न गर्नु आफ्नो सरकारको महत्वपूर्ण उपलब्धी भएको उल्लेख गरे । ‘मैले धैर्य नगरेको भए संक्रमणकाल सकिने थिएन, बरु देशमा थप समस्या निम्तिने थिए,’ देउवाले भने, ‘म चाहन्थे काठमाडौंजस्तै तराई, पहाड हिमालका जनताले संविधानलाई आफ्नो मानून्।’

प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तीन वटै तहका निर्वाचन सफलताका साथ सम्पन्न हुनुलाई आफ्नो कार्यकालको मुख्य उपलब्धि भएको बताए । 

प्रधानमन्त्री निवास बालुवाटारबाट आज देशवासीका नाममा सम्बोधन गर्दै उनले स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन सफलताका साथ सम्पन्न गरी प्रदेशसभा र प्रदेश सरकारको गठनसमेत यही अवधिमा भएको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका द्रुतमार्ग, बूढीगण्डकी आयोजना, मेलम्ची खानेपानी आयोजना, अन्तर्देशीय प्रसारण लाइन विस्तारमा समेत निकै प्रगति हासिल भएको उल्लेख गरे। 

जनताको हितलाई ध्यानमा राखेर छिमेकीसँग समानतामा आधारित परराष्ट्र नीति अवलम्बन गरिएको बताउँदै प्रधानमन्त्री देउवाले स्वदेशी लगानीमा समेत उत्साहजनक रुपमा उल्लेखनीय प्रगति भइरहेको धारणा व्यक्त गरे । 

देउवा गएको जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै