• २०८१ बैशाख १३ बिहीबार

अल्ट्राभाइलेट किरणले फ्लु भाइरल मार्न मद्दत गर्छ

kharibot

युरोप । सूर्यको अल्टाभाइलेट किरणले हामीलाई नोक्सान पुर्याउँछ । तर यो किरणको कममात्रामा प्रयोग गर्ने हो भने नोक्सान नभईकन हावामा रहेको फ्लुको भाइरसलाई मार्नको लागि प्रयोग गर्न सकिने एक अध्ययनले देखाएको छ ।

यस किरणको उपयोग अस्पताल, विद्यालय तथा अन्य सार्वजनिक स्थलमा संक्रमण रोक्नको लागि प्रयोग गर्न सकिन्छ ।  वैज्ञानिकलाई दशकौँदेखि यो कुराको जानकारी छ कि २०० देखि ४०० नैनो मिटरको तरंगबाट ब्राड स्प्रेक्ट्रम अल्टाभाइलेट सि(युभिसि)किरणले जीवाणु र भाइरसको नष्ट गर्न प्रभावकारी हुन्छ । परस्परमा युभि किरणको प्रयोगबाट सर्जरीको उपकरणलाई किटाणुरहित बनाउनको लागि यसको प्रयोग गर्न सकिन्छ । 

अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयका इरविंग मेडिकल सेन्टरका प्रोफेसर डेविट जे ब्रेनरले भनेका छन् – दुर्भाग्यपूर्ण रुपले पारस्पारिक किटाणुनाशक अल्टाभाइलेट किरण मानव स्वास्थको लागि खतरा हुन्छ र यसबाट छाला तथा आँखामा पनि प्रभाव पार्दछ । यस कारण सार्वजनिक स्थलमा प्रयोग गर्न मिल्दैन । 

अनुसन्धानकर्ताहरुले यस कुराको कल्पना गरेका थिए कि युविसिको कम मात्राबाट माइक्रोब मरेर जान सक्छ । र यसले मान्छेको टिसुलाई पनि क्षति गर्दैन । ब्रेनरले यो प्रकाश स्वास्थ्यको लागि खतरा नहुने बताएका छन् । 

  • सांटिफिक रिपोर्ट जर्नलबाट 
     

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै