• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्री देउवाले राजीनामा दिने, मन्त्रिपरिषदको अन्तिम बैठक बोलाए 

kharibot

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने तयारी गरेका छन् ।

राष्ट्रको नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषदको अन्तिम बैठक बिहान ९ बजे बोलाइएको छ ।

बिहीबार बिहान ९ बजे यो सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक राखिएको र सकिएलगत्तै देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।
आयोगले बुधबार साँझ नै चुनावको परिणाम बुझाइसकेको छ ।

देउवा गत जेठ २३ गते देशको ४०औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तेस्रो चरणको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी लिएर चौथोपटक प्रधानमन्त्री बनेका देउवा सबै जिम्मेवारी पुरा गरेर सरकार छोड्न लागेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै