• २०८१ बैशाख ७ शुक्रबार

डिभिजन २ बाट नेपाल र युएई विश्वकप छनौट खेल्ने, यी हुन् अन्य ८ टिम

kharibot

तस्बिर : रमन शिवाकोटी/फेसबुक

काठमाडौँ । नेपाल आगामी मार्च ४-२५ सम्म जिम्बाबेमा हुने विश्वकप छनौट खेल्ने भएको छ । अत्यन्त सनसनीपूर्ण खेलमा नेपालले क्यानडामाथि एक विकेटको जित हासिल गरेको हो

नेपाल अब २०१९ मा हुने क्रिकेट विश्वकपका लागि २ स्थानमा लागि नेपालसहित १० टिमले प्रतिष्पर्धा गर्ने छन् ।

विश्वकपका लागि सेप्टेम्बर ३०, २०१७ सम्म आसीसी र्याँकिंगमा रहेका टप ८ टिमले विश्वकपमा सिधै ठाउ बनाइसकेका छन् । जसमा भारत, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश न्युजील्याण्ड, इङल्याण्ड रहेका छन् । 

कुल १० टिम सहभागी हुने क्रिकेट विश्वकपमा बाँकी दुई टिमको छनौट यी १० टिमसँगको प्रतिष्पर्धाबाट छानिने छन् ।  आसीसी र्याँकिंगको अन्तिम ४ मा रहेका टिम भने विश्वकप छनौट खेल्ने छन् । जसमा वेस्टइन्डिज, अफगानिस्तान, जिम्बाबे र आयरल्याण्ड रहेका छन् ।

त्यस्तै विश्वकप छनौट खेल्ने अन्य ४ टिममा आसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका शिर्ष ४ टिम रहेका छन् । जसमा नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्युगिनी रहेका छन् ।

त्यसपछि विश्वकप छनौट खेल्ने दुई टिममा डिभिजन २ का दुई फाइनालिष्ट नेपाल र युएई छनौट भएका छन् । यसरी विश्वकपमा छनौट हुने दुई टिमका लागि नेपालसहित वेस्टइन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ, पपुवा न्युगिनी र युएई दुई समुहमा विभाजित गरी खेलाइने छ ।

५ टिम एक अर्कासँग एक-एक पटक खेल्ने छन् भने दुवै समुहबाट शिर्ष तीन-तीन टिम सुपर सिक्समा खेल्ने आसीसीले जनाएको छ । सुपर सिक्समा खेलेका शिर्ष दुई टिम नै विश्व कपका लागि छनौट हुने छन् ।

नेपालको सनसनीपूर्ण जित :

डिभिजन २ अन्तर्गतको खेलमा नेपाल अन्तिम खेलमा क्यानाडालाई एक विकेटले पराजित गर्दै विश्वकप छनौटका लागि छानिन सफल भएको छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा आफ्ना ९ विकेट गुमाउदै १९५ रन बनाउदै क्यानाडालाई पराजित गरेको हो ।

क्यानडालाई पराजित गर्नेक्रममा पुछारका ब्याट्सम्यान करन केसीले ४२ रन नट आउट बनाउदै नेपाललाई अपत्यारिलो जित दिलाएका छन् । करनले आफ्नो इनिंगमा ३ चौका र ४ छक्का हानेका थिए । उनलाई अन्त्यसम्म साथ दिदै सन्दीप लामिछानेले १८ बलमा ५ रन बनाएका थिए । दुवैले अन्तिम विकेटको लागि ५१ रनको साझेदारी गरेका थिए ।

त्यस्तै नेपालका लागि दिलिपनाथले ४१ रन बनाए भने रोहित पौडेलले २७, आरिफ सेखले २६ रन बनाएका थिए । उत्कृष्ट ब्याटिंग गरेका करन केसी खेलको म्यान अफ द म्याच बनेका छन् ।

त्यस्तै आयोजक नामिबियालाई १९ रनले पराजित गर्दै युएईपनि नेपालसँगै विश्वकप छनौट खेने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै