वाशिंटन । अमेरिकाको फ्लोरिडा राज्यको एक विद्यालयमा गोली चल्दा १७ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार फ्लोरिडाको पार्कल्याण्डमा भएको उक्त घटनामा १७ जनाको ज्यान गएको छ ।
प्रहरीले गोली चलाएको आशंकामा त्यसै विद्यालयका पुर्वविद्यार्थी १९ वर्षीय निकलस क्रुजलाई नियन्त्रणमा लिएको सिएनएनले जनाएको छ । उनी त्यस विद्यालयबाट अनुसाशन सम्बन्धि कारवाही गर्दै निष्कासन गरिएका पूर्व–विद्यार्थी भएको जनाइएको छ ।
क्रुजले राइफल लिएको र विद्यालय बाहिर ३ जनालाई गोली प्रहार गरी विद्यालयभित्र पसेर अरु १२ जनालाई गोली हानेको बताइएको छ ।
अहिले घाइतेहरुको अस्पतालमा उपचार भइरहेको र घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।