अमेरिकाको फ्लोरिडाको एक स्कुलमा गोली चल्यो, १७ जनाको मृत्यु 

खरीबोट

वाशिंटन । अमेरिकाको फ्लोरिडा राज्यको एक विद्यालयमा गोली चल्दा १७ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार फ्लोरिडाको पार्कल्याण्डमा भएको उक्त घटनामा १७ जनाको ज्यान गएको छ ।

प्रहरीले गोली चलाएको आशंकामा त्यसै विद्यालयका पुर्वविद्यार्थी १९ वर्षीय निकलस क्रुजलाई नियन्त्रणमा लिएको सिएनएनले जनाएको छ । उनी त्यस विद्यालयबाट अनुसाशन सम्बन्धि कारवाही गर्दै निष्कासन गरिएका पूर्व–विद्यार्थी भएको जनाइएको छ । 

क्रुजले राइफल लिएको र विद्यालय बाहिर ३ जनालाई गोली प्रहार गरी विद्यालयभित्र पसेर अरु १२ जनालाई गोली हानेको बताइएको छ । 

अहिले घाइतेहरुको अस्पतालमा उपचार भइरहेको र घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
 

सम्बन्धित समाचार

अमेरिका, चीन, भारतका सैनिकले पूरा गरे एकैसाथ कमाण्ड एण्ड स्टाफ कोर्ष

काठमाडौँ । विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ ।  बंगलादेश, चीन, भारत, मलेसिया, माल्दिभ्स, पाकिस्तान, दक्षिण कोरिया,

अमेरिका सिरियामा के चाहन्छ ?

डेनभर, संयुक्त राज्य अमेरिका ।  मध्यपूर्वको धेरैजसो भूभाग अहिले द्वन्द्वको भुमरीमा रहेका सन्दर्भमा अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले मध्यपूर्वको भ्रमण सिरियाली द्वन्द्व समाधानमा केन्द्रित हुनुपर्छ ।  उहाँको काम सजिलो छैन । मध्यपूर्वमा पूर्णतया तर

अमेरिकी निर्वाचनमा १३ रुसी नागरिकमाथि हस्तक्षेपको आरोप

वासिङ्टन ।  गतवर्ष भएको राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको हस्तक्षेपमा रुसी नागरिकको हात रहेको आरोप अमेरिकाले लगाएको छ ।  संयुक्त राज्य अमेरिकामा यस विषयमा विशेष अनुसन्धान भइरहेको बताइएको थियो । अनुसन्धानकर्ताहरुले रुसी नागरिकको हस्तक्षेप

अमेरिकामा सामान्य बन्दैछ विद्यालयमा हुने गोलीकाण्ड

वासिङ्टन ।  अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ ।  यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने