• २०८१ बैशाख ७ शुक्रबार

क्यानडामाथि नेपालको सनसनीपूर्ण जित, विश्वकप छनौट खेल्ने पक्का  

kharibot

काठमाडौँ । डिभिजन २ अन्तर्गतको खेलमा नेपाल अन्तिम खेलमा क्यानाडालाई एक विकेटले पराजित गर्दै विश्वकप छनौटका लागि छानिन सफल भएको छ ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा आफ्ना ९ विकेट गुमाउदै १९५ रन बनाउदै क्यानाडालाई पराजित गरेको हो ।

क्यानडालाई पराजित गर्नेक्रममा पुछारका ब्याट्सम्यान करन केसीले ४२ रन नट आउट बनाउदै नेपाललाई अपत्यारिलो जित दिलाएका छन् । करनले आफ्नो इनिंगमा ३ चौका र ४ छक्का हानेका थिए । उनलाई अन्त्यसम्म साथ दिदै सन्दीप लामिछानेले १८ बलमा ५ रन बनाएका थिए । दुवैले अन्तिम विकेटको लागि ५१ रनको साझेदारी गरेका थिए ।

त्यस्तै नेपालका लागि दिलिपनाथले ४१ रन बनाए भने रोहित पौडेलले २७, आरिफ सेखले २६ रन बनाएका थिए ।

कप्तान पारस खड्का ० रनमा आउट भएका थिए भने, शरद भेसावाकर १, ज्ञानेन्द्र मल्ल ९ रन बनाएका थिए । जितसँगै नेपाल विश्वकप छनौटका लागि जिम्बाबेमा छनौट खेल खेल्ने छ ।

यस अघि क्यानडाले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १९४  रन बनाएको थियो । 

क्यानडाका लागि श्रीमंथ वेजेरत्नेले नट आउट १०३ रन बनाएका थिए भने हमाज तरिकले २४, सत्सीमरनजित धिन्साले नट आउट १८  र साद बिन जाफरले १० रन बनाएका थिए ।

नेपालका लागि बसन्त रेग्मीले ३, सन्दीप लामिछानेले २ विकेट, करन केसी र शरद भेसावाकरले एक-एक विकेट लिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै