नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुदाँ १९ जना घाइते

खरीबोट
ad

गौर । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । 

विश्रामपुरमा रहेको नगरपालिकाको केन्द्र अन्य ठाउँमा सार्न लागिएको भन्दै स्थानीयवासीले नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए । 

झडपमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका १६ र तीन स्थानीयवासी घाइते भएका छन् । 

नगरपालिकाको कार्यालय विश्रामपुरबाट साविक सबै गाविसको केन्द्रबिन्दु चमनपुरमा सार्न कार्यपालिकाको बैठक बसिरहेको समयमा विश्रामपुरका स्थानीयवासीले बैठककक्षमै प्रवेश गरी अवरोध गर्न खोजेपछि झडप शुरु भएकोे प्रहरी निरीक्षक थापाले बताए । 

स्थानीयवासीले बैठकमा बसेका महिला तथा पदाधिकारीमाथि हातपात समेत गरेको नगर प्रमुख रामस्नेही यादवले बताए । स्थानीयवासीको आक्रमणबाट पचासभन्दा बढी कुर्सी, झ्यालका सिसा, नगरपालिकाको निर्णय पुस्तिका नष्ट भएको नगर प्रमुख यादवले बताए । 

स्थानीयवासी रामनाथ सहनीले कुनैपनि हालतमा नगरपालिकाको केन्द्र सार्न नदिने बताउनुभयो । नगरपालिकाको कार्यालय यथास्थानमै रहनुपर्ने माग गर्दै स्थानीयवासीले कार्यालय सार्ने निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन् । 

सम्बन्धित समाचार

भूक्षयीकरण नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो

काठमाडौँ / वन तथा वातावरण मन्त्रालयले भूक्षयीकरण न्यूनीकरणका लागि अन्तर्राष्ट्रियरुपमा सरोकारवालाबीच सामूहिक प्रयासको खाँचो रहेको जनाएको छ ।  मरुभूमिकरण विरुद्धको विश्व दिवसका अवसरमा मन्त्रालयले आज विज्ञप्तिमार्फत भूक्षय तटस्थताको लक्ष्य प्राप्त गर्न

अपराध नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य : महानिरीक्षक खनाल

कलैया / नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताएका छन् ।  बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै महानिरीक्षक खनालले जनताको

प्रदेश ३ को नीति तथा कार्यक्रम :काठमाडौँको प्रदूषण नियन्त्रण गरी प्लाष्टिकमुक्त शहर बनाइने

हेटौँडा । प्रदेश नं ३ ले आगामी आर्थिक वर्षमा संघीय राजधानी काठमाडौँको प्रदूषण नियन्त्रण गरिने र प्लाष्टिकमुक्त शहर बनाइने लक्ष्य राखेको छ ।  प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको

भांग्रे खोला सरसफाई र नियन्त्रण अभियान सुरु

बारा । मानववस्तीको बीच भागमा रहेको भांग्रे खोला नियन्त्रणका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले सरसफाई र नियन्त्रण अभियान सुरु गरेको छ ।  उपमहानगरभित्रको खोला नियन्त्रण र तटबन्ध निर्माणका लागि विनियोजित बजेट मध्येबाट भांग्रे