४–२ ले मोरंगलाई हराउँदै रुस्लान थ्री–स्टार फाईनलमा 

खरीबोट

बारा । मोरङ फुटबल क्लब विराटनगरमाथी ४–२ को जित निकाल्दै रुस्लान थ्रिस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाईनल प्रवेश गरेको छ । 
थ्रिस्टारको जितमा सुनील बलले २ तथा विष्णु गुरुङ र अनन्त तामाङले समान १ गोल गरे ।

मोरङका कर्ण लिम्बुले खेलको अन्तिम समयमा २ गोल गरेपनि टिमको हार टार्न सकेनन् । खेलको पहिलो हाफमा २–० ले पछि परेको मोरङ फुटबल क्लबमाथि थ्रिस्टारले दोश्रो हाफमा दुई गोल थप्यो । खेलको ८० औं मिनट सम्म मोरङलाई ४–० गोल अन्तरले दवावमा राखेको थ्रिस्टारका गोलरक्षक परिवर्तन भएलगतै मोरङले ८१ र ८४ औं मिनटमा लगातार २ गोल फर्कायो । 

खेलको उतराद्र्धमा ४–० को नतिजा पाएको थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले फाइनल प्रवेश सुनिस्चित भएपछि पहिलो रोजाईका गोलरक्षक एलन न्यौपानेको ठाउँमा अभिषेक बराललाई मैदान पठाएका थिए । 

सिजनका दुई ठुला प्रतियोगिता जितेको थ्रिस्टारलाई पहिलो पटक सिमरा गोल्डकपको उपाधि होडमा उभ्याउने क्रममा खेलको २३ औं मिनटमा विष्णु गुरुङले गोल गरेका थिए । सुनिल बलको क्रसलाई सदुपयोग गर्दै विष्णुले टिमलाई अग्रता दिलाए ।

खेलको ३५ औं मिनटमा सुनील बलले थ्रिस्टारको अग्रता दोव्वर पारे । डि वक्स वाहिरबाटै सुनील प्रहार गोलमा परिणत भएको थियो । पहिलो हाफमा मोरङ विरुद्ध हावि भएको थ्रिस्टारका सुनील बलले दोश्रो हाफको शुरुवातमै अग्रता फराकिलो बनाए । खेलको ४९ औं मिनटमा डि वक्स भित्र पाएको निराजन खड्काको पासलाई सदुपयोग गर्दै सुनीलले थ्रिस्टारलाई ३–० को अग्रता दिलाए । 
खेलको ७७ औं मिनटमा थ्रिस्टारले अर्को गोल गर्दै मोरङ विरुद्ध ४ गोलको अग्रता लिन सफल भयो । निराजन खड्काको कर्नर बलमा उत्कृष्ट हेडिङ गर्दै अनन्त तामाङले थ्रिस्टारको जित सुनिश्चित गरे ।

चार गोलको अग्रता पछि गोलरक्षक परिवर्तन गरेको थ्रिस्टार खेलको ८० औं मिनटपछि दवावमा प¥यो । गोलरक्षक एलन न्यौपानेको ठाउँमा आएका अभिषेक बराल मैदान प्रवेश गरेको पहिलो मिनटमै थ्रिस्टारको अग्रता ४–१ मा झर्यो ।

मोरङका कर्ण लिम्बुले खेलको ८१ औं मिनटमा पहिलो गोल गरे । डि बक्स भित्र पाएको बललाई सिधै पोष्टको दिशा दिएका लिम्बुको प्रहार थ्रिस्टारका गोल रक्षक अभिषेक बरालले सम्हाल्न सकेनन् ।

त्यस लगतै आक्रामक रुपमा प्रस्तुत भएको मोरङले अर्को गोल थप्दै थ्रिस्टारको अग्रता ४–२ मा झा¥यो । कर्ण लिम्बुले खेलको ८४ औं मिनटमा दोश्रो गोल गरे । 
थ्रिस्टारको जीतमा दुई गोल गरेका सुनिल बल म्यान अफ दि म्याच घोषित भए । विहिबार त्रिभूवन आर्मी र वीरगञ्ज यूनाईटेड क्लब विच अन्तिम सेमी फाईनल खेल हुँनेछ ।
 

सम्बन्धित समाचार

एसियन गेम्सको फुटबलमा नेपालले आज जापानको सामना गर्दै 

काठमाडौँ।  इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज जापानसँग खेल्दै छ । नेपाली टिमले आज साँझ सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समय अनुसार पौने ६ बजे जापानसँग

इनेस्टा र पिकेपछि सिल्भाले पनि स्पेनको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए 

काठमाडौँ।  स्पेनका राष्ट्रिय फुटबल खेलाडीहरुले अर्को गर्दै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिइरहेका छन्। यसैबीच प्ले मेकर डेभिड सिल्भाले पनि अन्तर्राष्ट्रिय  फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्।   विश्वकपमा स्पेनको खराब प्रदर्शन पछि

भेट्रान कप फुटबल सुरु

काठमाडौँ  । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदै छ । प्रतियोगितामा मोफसलका पाँचसहित १४ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी

जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

काठमाडौँ। स्पेनका राष्ट्रिय टिमका सेन्टर ब्याक जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।  विश्वकपमा अन्तिम १६ मा पुगेर बाहिरिएको स्पेनका लागि अब पिकेले नखेल्ने घोषणा गरेका हुन्।  उनले बार्सिलोनामा आफ्नो खेलमा