• २०८१ बैशाख ४ मंगलबार

दाङबाट रेडपाण्डाको छालासहित दुई पक्राउ

kharibot

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । 

सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवासी ३६ वर्षीय टोपबहादुर वली र कपुरकोट गाउँपालिका–६ निवासी ५१ वर्षीय रुपलाल बोहरालाई प्रहरीको विशेष टोलीले तुलसीपुर उपमहानगरपालिका–९ वेलुवाबाट पक्राउ गरेको इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । 

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै