प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि सांसद भट्टको दाबी

खरीबोट

धनगढी । प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टले प्रदेश प्रमुखसमक्ष बुधबार आफ्नो दाबी पेश गरेका छन् । 

माओवादी केन्द्र र नेकपा एमालेका ३७ जना प्रदेश सांसदले मुख्यमन्त्रीमा भट्टलाई समर्थन रहेको भन्दै हस्ताक्षर सहितको समर्थन पत्र प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष पेश गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव हीरालाल चौधरीले जानकारी दिए । अडचालीस वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद छन् । 

प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न प्रदेश कार्यालयमा पुगेको सांसदको टोलीमा यसअघि माओवादी केन्द्रभित्रका मुख्यमन्त्री बन्ने चर्चामा रहेका प्रदेश सांसद वीरभान चौधरी र झपट बोहरा पनि सम्मिलित थिए । यो सँगै प्रदेश नं ७ को मुख्यमन्त्री नियुक्तिको बाटो खुलेको छ । प्रदेश प्रमुख कार्यालयले यही फागुन ५ गते मुख्यमन्त्री नियुक्त गरी शपथग्रहणसमेत गराउने तयारी गरेको छ । 

यसअघि आजै प्रदेश प्रमुख मल्लले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सांसदलाई मुख्यमन्त्रीको नियुक्तिका लागि यही फागुन ४ गते दिउँसो ११ बजेभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

प्रदेश नं ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने र सभामुख एमालेले पाउने सहमतिबमोजिम सभामुखमा एमाले बझाङबाट निर्वाचित सांसद अर्जुनबहादुर थापा निर्वाचित भइसकेका छन् । 

प्रदेशसभाको उपसभामुखमा भने माओवादी केन्द्रका सांसद देवकी मल्ल र कुन्ती जोशीको नाम चर्चामा छ । यही फागुन ६ गते बस्ने प्रदेशसभाको बैठकले उपसभामुख चयन गर्ने कार्यतालिका छ । प्रदेश नं ७ मा एमाले २५, माओवादी केन्द्र १४, नेपाली काँग्रेस १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् । 

सम्बन्धित समाचार

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने

कैलाली । प्रदेश नं ७ को आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली, प्रदेश सरकार कार्यसम्पादन नियमावली र केही सामाजिक निकट प्रमाणीकरण सम्बन्धित नियमावली २०७४ लाई स्विकृत गर्ने

प्रदेश नं.७ को मुख्यमन्त्रीमा भट्ट नियुक्त, ५ गते शपथ लिने

धनगढी । प्रदेश नं ७ को मुख्य मन्त्रीमा नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त हुनुभएको छ ।  प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा

प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि सांसद भट्टको दाबी

धनगढी । प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टले प्रदेश प्रमुखसमक्ष बुधबार आफ्नो दाबी पेश गरेका छन् ।  माओवादी केन्द्र र नेकपा एमालेका ३७

प्रदेशसभा र सरकारको काम कारबाहीप्रति प्रदेश नं ७ का जनता उत्सुक

धनगढी । प्रदेशसभाको पहिलो बैठक सम्पन्न भई सरकार गठनको पर्खाइमा रहेका प्रदेश नं ७ मा प्रदेशसभा र प्रदेश सरकारले गर्ने काम कारबाहीबारे स्थानीयवासीमा उत्सुकता जागेको छ ।  केन्द्रीय संसद् बैठक र