• २०८१ बैशाख ५ बुधबार

संयोजन समिति बैठक जारी, एकताबारे टुँगो लगाउने उपाध्यक्ष रावलको दावी

kharibot

काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष भीमबहादुर रावलले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकता संयोजन समितिको बैठकले संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टँंगो लगाउने बताएका छन् । 

ललितपुरको मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक चलिरहेका बेला सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष रावलले एकताका विविध पक्षमा छलफल भइरहेको बताए । 

उनले भने, ‘दुई अध्यक्ष समान समान हैसियतमा रहँदा आउन सक्ने कानुनी एवं व्यावहारिक जटिलताका विषयमा छलफल भइरहेको छ ।’ यसअघि एमाले र माओवादी केन्द्रले आ–आफ्नो पार्टीले पार्टी एकताका विषयमा छलफल गरेका थिए । 

त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ बैठकपछि पार्टी एकता संयोजन समितिको बैठक बसेको हो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै