वर्षाले किसानलाई राहत, उच्च क्षेत्रमा हिमपात

खरीबोट

फाइल तस्बिर

ad

तेह्रथुम । आज अपराह्न परेको वर्षाले जिल्लाका किसानलाई राहत मिलेको छ । पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली लगाउन नपाएका किसान हर्षित बनेका छन् । लामो समयसम्म वर्षा नहुँदा किसानको खेतीयोग्य जमिन बाँझै रहेको थियो । 

वर्षाले किसानलाई ढिलै भए पनि हिउँदे बाली लगाउन सहज बनाएको छातेढुंगाका किसान सोमनाथ आचार्यले बताए । ‘पानी नपरेर बारी बाँझै थियो, अब बाँझो फोडेर मकै छर्न बाटो खुलेको छ,’ उनले भने । बुधबारको वर्षाले सबै क्षेत्रको जमिन राम्रोसँग नभिजे पनि अब निरन्तर वर्षा हुने आशा किसानले राखेका छन् । जिल्लामा गत असोजयता वर्षा भएको थिएन । 

असोजयता जिल्लामा वर्षा नहुँदा जिल्लाको ३० हजार हेक्टरभन्दा बढी क्षेत्रफलको खेतीयोग्य जमिन बाँझै भएको थियो । जिल्लाको ३७ हजार २८२ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।

त्यतिका जमिनमध्ये अहिले पनि बाह्रैमास सिँचाइ हुने जमिन करिब छ हजार हेक्टर मात्रै छ । बाँकी रहेको बाँझो जमिनमा खेती लगाउन हिउँदे वर्षाले सहयोग पुर्याउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । 

वर्षाले जिल्लामा गहुँ, आलु, तोरी, हरियो तरकारी, फापर, जौ, जै घाँस, मकै घाँस, मकै लगायतको कृषि बाली लगाउन सहज बनाएको किसानले बताएका छन् । वर्षा भएपछि किसानलाई बाली लगाउन बाटो खुलेको हमरजुङका किसान बमप्रकाश लिम्बूले बताए । बुधबार वर्षासँगै केही क्षेत्रमा असिनासमेत परेको छ । असिनाले केही फलफूल बालीमा क्षति पुर्याए पनि हिउँदे बाली लगाउनका लागि भने सहज बनाएको किसान लिम्बूले बताए । 

वर्षासँगै उच्च क्षेत्रमा हिमपात 

वर्षासँगै जिल्लाको उच्च क्षेत्रमा भारी हिमपात भएको छ । उच्च क्षेत्रमा वर्षकै सर्वाधिक हिमपात भएको हो । तीनजुरे मिल्के जलजले क्षेत्रको तीनजृुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडामा हिउँ परेर सेताम्मे भएको छ ।

गुफाबजारमा बुधबार दिउँसोबाट निरन्तर हिमपात भइरहेको स्थानीयवासी मञ्जु खनालले जानकारी दिए । ‘करिब दुई फिट हिउँ परेको छ,’ उनले भने, ‘वर्षासँगै हिउँ परेकाले यो वर्षकै उच्च हिमपात हो ।’ हिउँ परेपछि वसन्तपुर र आसपासका डाँडामा गाउँले हिउँ खेल्न पुगेका छन् ।

सम्बन्धित समाचार

 तेह्रथुमको आठराई गाउँसभाबाट शिक्षा ऐन पारित

 तेह्रथुम / तेह्रथुमको आठराई गाउँपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ गाउँसभाबाट पारित गरेको छ ।  नेपालको संविधान २०७२ बमोजिम स्थानीय तहको शिक्षासम्बन्धी अधिकार सुनिश्चित गर्न आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ पारित

अस्पतालमा सुत्केरी गराउन गएकी महिलाको मृत्यु

तेह्रथुम ।  तेह्रथुम जिल्ला अस्पतालमा प्रसूति हुन नसकी एक महिलाको मृत्यु भएको छ ।  तीन दिनअघि प्रसूति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएको हो । अस्पतालको सामान्य

युवा विदेशिएपछि गाउँमा जनशक्ति अभाव

तेह्रथुम । रोजगारीका लागि युवा विदेशिन थालेपछि जिल्लामा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको चरम अभाव भएको छ । पढाइ, रोजगारी र अन्य अवसर खोज्दै युवा गाउँबाट पलायन भइरहेका छन् ।  युवाशक्तिले

तेह्रथुमको लालीगुराँस नगरपालिकाका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा

तेह्रथुम ।  तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने भएको छ ।  नगर क्षेत्रका सबै विद्यालयमा नयाँ शैक्षिकसत्र २०७५ शुरु भएसँगै एकै किसिमको पाठ्यक्रम लागू गरी